हुमा शंकर वलीको अध्यक्षतामा साकार कृषि सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ । बुधबार राप्तीसोनारी।०५ चिलरियामा भएको १३औं वार्षिक साधारणसभाले उपाध्यक्षमा रती वली,संचालक समितिको सदस्यमा रेग बहादुर खड्का, मिरा चलाउने, सेतु कामी, खुम बहादुर खत्री, दुर्गा प्रसाद श्रेष्ठ, मानसिंह परियार, प्रेम बहादुर थारुलाई निर्विरोध चयन गरेको हो ।
यसैगरी लेखा संयोजकमा सूर्यप्रकास घर्तिमगर, लेखा सदस्यमा भुपराज भण्डारी र शान्ति थापा निर्विरोध निर्वाचित भएका हुन। कर्जा उप-समितिको सदस्यमा विमला कुमारी बस्नेत र मदन सिंह थारु निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक अधिवक्ता कर्ण बहादुर केसीले बताए। कर्जा उप- समितिको संयोजक नवनिर्वाचित समितिले पछि मनोनित गर्नेछ । नवनिर्वाचित अध्यक्ष वलीले सहकारी देखिएका नकारात्मक कुरालाई हटाउँदै जनतामा विश्वास दिलाउने गरी काम गर्ने बताए। लुम्बिनी प्रदेश सभा सदस्य एवम् लुम्बिनी प्रदेशको पुर्व मन्त्री कृष्णा केसी नमुनाको प्रमुख आथित्य र राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । साधारण सभाको अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा रोशनी थारु, उत्कृष्ट सेवा केन्द्रको रुपमा फत्तेपुर सेवाकेन्द्रलाई पुरस्कृत गरिएको थियो । साधारण सभामा सहकारीको आर्थिक, सामाजिक र नेतृत्व विकासमा अतुलनीय योगदान गरेको भन्दै मुक्तिनाथ विकास बैंक, आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड, साना किसान लघुवित्त संस्था लिमिटेडलाई पनि सम्मान गरिएको थियो ।प्रमुख अतिथी नमुनाले सहकारी क्षेत्रमा थुप्रै प्रश्न उठिरहेका बेला साकार सहकारीले नयाँ सन्देश दिएको बताइन। राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले साकार बाँके जिल्लामै अब्बल रहेको बताए । साकारले प्राप्त गरेको सफलतामा गाउँपालिकाले गर्व गर्ने गरेको अध्यक्ष पौडेलले भनाई राखे ।सहकारीमा थुप्रै चुनौति छन् । सहकारीलाई आर्थिक रुपमा पारदर्शी बनाउदैं उत्पादनसँग जोडनका लागि हामीकाम गरिरहेको छौं । त्यसका लागि कृषि सहकारीहरुसँग सहकार्य गरेर आर्थिक विकासको लागि हामी काम गर्नेछौं अध्यक्ष पौडेलको भनाई रहेको थियो ।मनोज मौर्यको अध्यक्षतामा भएको उद्घाटन सत्रमा अतिथीको रुपमा जिल्ला कृषि सहकारी संघका अध्यक्ष लोकेन्द्र चन्द, मुक्तिनाथ विकास बैंक कोहलपुर शाखा प्रमुख विशाल महर्जन, जि एग्रो ट्रेड नेपालगन्जका लुमाकान्त लम्साल, साकार कृषि सहकारीका पुर्व अध्यक्ष लोकमणि बटाला, आसमाली पुनमगर, हेम राज खत्री लगायतको सहभागिता रहेको सहकारीका मुख्य व्यवस्थापक जमानसिंह वलीले बताए ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस