spot_img
Friday, October 18, 2024
Homeब्यानरसाँझ मात्रै खुल्यो सुर्खेतको छिञ्चुमा सडक र बजार

साँझ मात्रै खुल्यो सुर्खेतको छिञ्चुमा सडक र बजार

spot_img

वडा अध्यक्षको मुत्युपछि सुर्खेतको छिञ्चुमा स्थानीय वासिन्दाले बन्द गरेको राजमार्ग र बजार शनिबार साँझ खुलेको छ ।भेरीगंगा नगरपालिका–१ का वडाअध्यक्ष नवराज कार्कीको दुर्घटनामा परी मृत्यु भएको विरोधमा आफन्तले शनिबार बिहानैदेखि छिञ्चु बजार र सुर्खेत–कोहोलपुर तथा छिञ्चु–जाजरकोट सडक बन्द गरेका थिए ।यात्रुहरु १२ घण्टासम्म अलपत्र परेपछि प्रहरी परिचालन गरेर बन्द सडक खुलाइएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । ‘आइतबार बिहानदेखि जिल्ला प्रहरी कार्यालयमा छलफल गर्नेगरी अहिले बन्द खुलाइएको छ’ प्रजिअ रिजालले भने ।
उनका अनुसार प्रशासन कार्यालयमा यातायात व्यवसायी र मृतकका आफन्तबीच दिनभरजसो छलफल चलेको थियो । छलफल निश्कर्षमा नपुगेपनि बन्द खुलाउने सहमति भएको रिजालले बताए ।प्रदेशकै मुख्य नाका बन्द हुँदा प्रदेश भित्रिने र बाहिरिने यातायातका साधन र यात्रुहरू बाटोमै अलपत्र परेका थिए । बन्द खुलेपछि यात्रुहरूलाई गन्तव्यमा पठाउन सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
अन्तिम सहमति नभए भोलि बिहान आठ बजेदेखि पुनः बन्द गर्ने एक बन्दकर्ताले बताए । आफन्त र स्थानीयले दोषीलाई कारवाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, हालसम्मको उपचार खर्च दिनुपर्नेलगायत माग राखेका छन् ।
८ फागुनमा गाडीको ठक्करबाट मोटरसाइकल चालक वडाध्यक्ष ३० वर्षका नवराज कार्की घाइते भएका थिए । उनको उपचारका क्रममा शुक्रबार काठमाडौंको न्युरो अस्पतालमा मृत्यु भएको थियो । उनलाई ठक्कर दिने गाडी र गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here