spot_img
Tuesday, March 17, 2026
Homeब्यानरसहमति नजिक छौं, भोलिसम्ममा साझा उम्मेदवार ः रामचन्द्र पौडेल

सहमति नजिक छौं, भोलिसम्ममा साझा उम्मेदवार ः रामचन्द्र पौडेल

spot_img


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि सम्ममा साझा उम्मेदवार छान्ने दाबी गरेका छन् । पार्टीको १४ औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न भन्दै मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकपछि नेता पौडेलले सहमतिमै साझा उम्मेदवार तय हुने बताएका हुन् ।नेता पौडेलले आफूहरु सहमतिको नजिक पुगेको दाबी गरे । ‘हामी सहमतिको निकै नजिक पुगेका छौ,’ बैठकपछि पौडेलले भने, ‘भोलिसम्म हाम्रो निर्णय बाहिर आउँछ ।’ साझा उम्मेदवार तय गर्न केही प्रकृया पूरा गर्न बाँकी रहेको उनको भनाइ थियो ।बैठकपछि महामन्त्री डा शशांक कोइरालाले आफूले सभापतिमा दाबी छाडेको बताएका थिए । संस्थापन इतरबाट अब रामचन्द्रका साथै शेखर, प्रकाशमान सभापतिको आकांक्षी रहेका छन् ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here