spot_img
Sunday, December 7, 2025
Homeब्यानरसहकारी रकम अपचलनका अभियुक्त उम्मेदवार बनेपछि पीडितको विरोध

सहकारी रकम अपचलनका अभियुक्त उम्मेदवार बनेपछि पीडितको विरोध

spot_img

सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा मुद्दा खेपिरहेका व्यक्ति पनि स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेपछि पीडितले त्यसको विरोध गरेका छन् ।सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगन्जका १४ हजार निक्षेपकर्ताको ४१ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा अदालतमा मुद्दा खेपिरहेका व्यक्तिलाई पार्टीले उम्मेदवार बनाएपछि निक्षेपकर्ताले दैनिकजसो सडकमा प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेस पार्टी कार्यालयमा सोमबार पुगेका उनीहरुले कांग्रेसको ध्यानाकर्षण गराएका छन् । पीडित निक्षेपकर्ताको अगुवाई गर्दै आएका वरिष्ठ अधिवक्ता विजय गुप्ताले उपमहानगरपालिकामा समेत ध्यानाकर्षण गराउन जाँदा मेयर धवल शम्शेर राणाले भेट्न नदिएको भन्दै दुःख व्यक्त गरे ।
कालो सूचीमा रहेका र सहकारी वित्तीय विकास संस्था लिमिटेडका १४ हजार निक्षेपकर्ताको ४१ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा अदालतमा मुद्दा खेपिरहेका अजय पाठकलाई एमालेले नेपालगन्ज उपमहानगरपालिका–१७ को वडाध्यक्षको उम्मेदवार बनाएको थियो । तर उजुरी परेपछि उनको उम्मेदवारी रद्ध भएको थियो ।पाठक अदालतमा ४० लाख धरौटी बुझाएर छुटेका थिए । रकम अपचलन गरेको आरोप लागेका दीपककुमार बर्मालाई पनि एमालेले नेपालगन्ज–१८ को वडाध्यक्षको उम्मेदवार बनाएको छ । बर्मालाई जिल्ला अदातलले सहकारी रकम अपचलन, ठगी र संगठित अपराध मुद्दामा २०७६ पुस १४ गते थुनछेक आदेश गरेको थियो । आदेश लगत्तै पक्राउ परेका बर्मा २० लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।
मुद्दाको टुंगो नलाग्दै र बचतकर्ताले रकम फिर्ता नपाउँदै मुख्य अभियुक्तलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उतार्नेमा एमाले मात्र छैन । निक्षेपकर्ताको रकम अपचलन तथा ठगी गरेको अभियोग लागेका हरदेवबक्स चौधरीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालगन्ज–१४ र रविन थापालाई वडा नम्वर ६ मा वडाध्यक्षको उम्मेदवार बनाएको छ । उनीहरु २० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । निक्षेपकर्ताको माग जायज भएको भन्दै कांग्रेसले यो मुद्दालाई गम्भीरताका साथ लिएको कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले बताए । ठगी, आर्थिक अपचलन आरोपमा मुछिएकालाई पार्टीले उम्मेदवार बनाउँदा मतदाता खिन्न छन् ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here