spot_img
Tuesday, October 22, 2024
Homeब्यानरसवारी दुर्घटनामा ७ जनाको मृत्यु

सवारी दुर्घटनामा ७ जनाको मृत्यु

spot_img

रुकुम पूर्व सिस्ने गाउँपालिका–६ स्थित सडकमा रा.१ त १५६३ नम्बरको ट्याक्टर गिट्टी उठाएर ब्याक गर्ने क्रममा पल्टिएर बुधबार दिउँसो दुर्घटना हुँदा गिट्टी उठाउने काम गर्ने सोही ठाउँ बस्ने ४५ वर्षीय प्रेम परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी अछाम जिल्ला रामारोशन गाउँपालिका–५ स्थित सडकमा सुदूर पश्चिम प्रदेश ०१–००२ त ५१७० नम्बरको ट्याक्टरले किच्दा सोही ठाउँ बस्ने अम्मर बहादुर साउदको छोरा ९ महिनाको खेमराज साउदको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी हुम्ला जिल्ला ताजाकोट गाउँपालिका–२ कवाडी बजारस्थित सडकमा कर्णाली प्र–०२००१ ज ००४५ नम्बरको बलेरो जिपको ठक्करबाट सोही गाउँपालिका–२ मैला बस्ने सुर्जबिर लुहारको छोरा अन्दाजी ६ वर्षीय मनिष लुहारको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–१३ स्थित सडकमा से.५ प ३९४२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका–५ बस्ने ३१ वर्षीय दल बहादुर भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यसैगरी सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–१ देबी स्थानस्थित सडकमा प्र.३–०१–००३ क ५२५८ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीय टिकाराम शिबभक्तीको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी पाल्पा जिल्ला रामपुर नगरपालिका–४ स्लामपुरस्थित सडकमा प्रदेश ३–०२–००८ प २९८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–४ भिमसेन टोल बस्ने ४२ वर्षीय प्रेम बहादुर सार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रामपुर नगरपालिका-५ बेझाड बस्ने ३५ वर्षीय जिबन श्रेष्ठलाई सोही अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि लुम्बिनी मेडीकल कलेज प्रभास पठाइएको छ ।
यसैगरी महोत्तरी जिल्ला गौशाला नगरपालिका–१ रामनगरस्थित सडकमा स.१ च १३९३ नम्बरको एम्बुलेन्सको ठक्करबाट साईकलयात्री गौशाला नगरपालिका–११ बस्ने ३५ वर्षीय तेजनारायण महतोको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here