spot_img
Thursday, September 19, 2024
Homeब्यानरसवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

spot_img

भक्तपुर–चाँगुनारायण नगरपालिका–७ खरिपाटी भद्रकालीस्थित सडकमा प्रदेश ३–००१ प.१४७७ नम्बरको मोटरसाइकल र बा.५ ख १६२५ नम्बरको मिनी टाटा एक–आपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर खरिपाटी बस्ने २४ वर्षीय संजोग गिरीको घटनास्थलमै मृत्यु भएको छ । मिनिटाटा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी नवलपरासी(पूर्व) जिल्ला देवचुली नगरपालिका–१३ बोहुलाखोलास्थित मनकामना क्रसर उद्योगभित्र नम्बर नभएको जेसिबीको ठक्करबाट सोही क्रसर उद्योगभित्र क्यान्टिन संचालन गर्ने देवचुली नगरपालिका–१२ बस्ने ४० वर्षीया निर्मला कुमारी महतको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको देवचुली अस्पताल दलदलेमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी बझाङ जिल्ला थलारा गाउँपालिका–३ चाखुडीधार भन्ने स्थानमा झनना बजारबाट कफलकाडा थलारातर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ५७२७ नम्बरको ट्याक्टर बिहीबार राति दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही गाउँपालिका२ बस्ने २९ वर्षीय लाल बहादुर दाहालको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।यसैगरी धादिङ जिल्ला धुनिबेशी नगरपालिका–९ बीस किलोस्थित सडकमा बा.४ ख ११६२ नम्बरको टिपर सडकबाट अन्दाजी २५ मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा टिपरका चालक सोही नगरपालिका–८ भदौरे बस्ने ३२ वर्षीय राजकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका टिपरका सह–चालकको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here