spot_img
Monday, September 16, 2024
Homeब्यानरसवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

spot_img

काठमाडौं-गोकर्णेश्वर नगरपालिका-९ शिवपुरी चोकस्थित सडकमा बा.६५ प ५३५२ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका अतरखेल बस्ने भारत बिहार घर भएका ३८ वर्षीय बिरेन्द महतोको शनिबार राति मत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका-९ नलिनचोकस्थित सडकमा बा.५ ख ३०२० नम्बरको बसले बा.७० प ९१३८ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार भक्तपुर नलिनचोक बस्ने दोलखा गौरीशंकर गाउँपालिका-५ डाँडागाउँ घर भएका ४० वर्षीया गंगा बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यसैगरी उदयपुर जिल्ला त्रियुगा नगरपालिका-१ रुपनीस्थित सडकमा स.१ त ४२९३ नम्बरको ट्याक्टर पल्टिएर शनिबार राति दुर्घटना हुँदा ट्याक्टरका चालक सोही ठाउँ बस्ने ४० वर्षीय सत्य नारायण चौधरीको १० वर्षीय छोरा नितेष चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालक सहित २ जनाको सोही अस्पतालमा उपचार भइरेहको छ । यसैगरी सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका-१२ बाँके जंगलस्थित सडकमा ना.७ ख ७५३ नम्बरको बसले ना.२९ प ४४९८ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय भक्त बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका घारीबथान बस्ने २६ वर्षीय अरुण खड्कालाई गढिमाई अस्पताल लालबन्दी हुँदै थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंज पठाईएको छ भने घाइते भएका बसमा सवार ५ जनाको लालबन्दी मोडेल अस्पतालमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी म्याग्दी जिल्ला रघुगगा गाउँपालिका-४ दग्नाम असिना भिर भन्ने स्थानमा ग.१ त ६०४४ नम्बरको ट्याक्टर गएराति दुर्घटना हुँदा ट्याक्टरका सहचालक रोल्पा सुनछहरी गाउँपालिका-३ घर भएका १८ वर्षीय नरजित घर्ति मगरको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको बेनी अस्पताल म्याग्दीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनमा गम्भीर घाइते भएका ट्याक्टर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here