spot_img
Tuesday, October 22, 2024
Homeब्यानरसवारी दुर्घटनामा दुईको मृत्यु

सवारी दुर्घटनामा दुईको मृत्यु

spot_img

चितवन जिल्ला  खैरहनी नगरपालिका–१ शाही चोकस्थित सडकमा ना.३ त ५५५३ नम्बरको ट्याक्टरले प्रदेश ३–००५ प २६५४ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार रत्ननगर नगरपालिका–८ बस्ने २० वर्षीया सुजिता चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बकुलर अस्पताल टाँडीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी रौतहट जिल्ला फतुवा विजयपुर नगरपालिका–९ बडहर्वास्थित भित्री सडकमा अनटेष्ट लेखिएको ट्याक्टरले किच्दा सोही ठाउँ बस्ने सनोज कुमार यादवको छोरा ४ वर्षीय यश यादवको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here