spot_img
Thursday, September 19, 2024
Homeब्यानरसमातिए मोटरसाइकल चोर

समातिए मोटरसाइकल चोर

spot_img


बाँके जिल्ला कोहलपुर नगरपालिका क्षेत्रबाट तीनजना मोटरसाइकल चोरलाई बाँके प्रहरीले पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बिहिवार बिहान ०२ः४५ बजेको समयमा उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले कोहलपुर नगरपालिका वडा नं.११ स्थित बसपार्कको पुर्ब तर्फको सडकमा चोरीका सामान, चोरी गर्ने औजार सहित तीन जनालाई नियन्त्रणमा लिन सफल भएको छ । उनीहरुले चोरी गर्दै गरेको भे ३ प ६००४ नं.को डिस्कभर कालो निलो रंगको मोटर साईकल, NS मो.सा.को निलो रंगको हेडलाईट, पल्सर मोटरसाईकलको निलो रंगको ट्याङकी कभर र मोटर साईकलका पाटपुर्जाहरु खोल्न प्रयोग गरीने औजार स्क्रुड्राईभर, रेन्ची, स्टिकर, मोबाईल थान ३, नाईट्राभ्याट १३ चक्की सहित फेला पारी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर उनीहरु उपर थप आवश्यक अनुसन्धान भईरहेको बाँके प्रहरीले जनाएको छ । प्रहरी अनुसार उनीहरुको साथबाट फेला परेको भे ३ प ६००४ नं.को डिश्कभर मोटर साईकल सम्बन्धित मोटरसाइकल धनी चन्द्र बहादुर गिरीको जिम्मा लगाएको हो । मोटरसाइकल धनीले खोज तलास गरी पाउ भनी आज बिहान ०८स्०० बजेको समयमा यस कार्यालयमा हुलिया निबेदन दिएका थिए

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here