spot_img
Sunday, September 22, 2024
Homeब्यानरसमाज जागरण तथा सत्यमखबर डटकमको बार्षिकोत्सव सम्पन्न

समाज जागरण तथा सत्यमखबर डटकमको बार्षिकोत्सव सम्पन्न

spot_img


बाँकेको नेपालगंजमा विगत १४ वर्ष देखि सेवा दिदै आएको समाज जागरण साप्ताहीक पत्रिका तथा दुई वर्ष देखि सेवा दिदै आएको सत्यखबर डटकमको बार्षिक उत्सव शुक्रबार नेपालगंजमा सम्पन्न भएको छ ।सत्यमबर डटकमका सम्पादक पुर्ण प्रसाद ढकालको सभापतित्वमा भएको बार्षिक उत्सवको विशिष्ट अतिथिमा नेपाल पत्रकार महासंघ लुम्बीनी प्रदेश सदस्य मो.आरीफ अन्सारी ,नेपालगंज उपमहानगर पालिकाका मेयर प्रशान्त विष्ट रहेको थिए ।लुम्बिनी प्रदेशका प्रदेश सदस्य मो.आरफी अन्सारीले पत्रकारले आफ्नो भुमिका रहेर नै सबै कर्म गर्नु पर्ने बताए । सदस्य अन्सारीले पत्रकारले पत्रकारीताको आचांरसंहितामा रहेर काम गर्दा कुनै पनि किसिमको समस्या नआउने बताए । यसैगरी पत्रिकाको बार्षिक उत्सवमा पुगेका नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले पत्रपत्रिका र पत्रकारहरु समाज सुधारको संवाहक भएको बताए । मेयर विष्टले पत्रकारीता मार्फत कलासंस्कृतिको संरक्षण तथा संवद्धन गर्नु पर्ने बताए ।वार्षिक उत्सव कार्याक्रममा नेपालगंज उपमहानगरपालिका–६ को वडाको जानकारी पुस्तिका विमोचन समेत भएको थियो । विमोचन कार्याक्रममा पुगेको वडा नं.६ का वडा अध्यक्ष समिर प्रतापंिसंहले समाज जागरण साप्ताहिकको सहकार्यमा गरिएको वडा जानकारी पुस्तिकामा वडाले गरेका कामको बारेमा लेखिएको तथा सहकार्यका लागि पत्रिकालाई धन्यवाद समेत दिएका थिए ।वडा जनाकारी पुस्तिकामा वडामा २०७४ सालको निर्वाचन पछि वडामा भए गरेका गतिविधिहरुको उल्लेख गरिनुका साथै हाल वडामा भएको भौतिक निर्माण,शिक्षा,स्वास्थ्य लगायतका विषय समेत उल्लेख गरीएको छ ।स्वागत मन्तव्य सत्यम खबर डटकमका सहसम्पादक हेमन्तराज काफ्ले स्वागत मन्तव्य दिएको कार्याक्रमा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष रुद्र सुवेदी,समाज जागरणका सहसम्पादक कुन्तलराज शर्मा,कार्यकारी सम्पादक विष्णुलाल कुमाल,अवधी भाषी पत्रकार अजयकुमार गुप्ता,पत्रकार मधु पौडेल,भगतराम थारु,अजय पाठक,भिष्म लोध,मनोज कौशल,सन्ध्या शर्मा,चन्दा सिंह,उमशनाथ मिश्रा तथा भारतबाट आएका पत्रकार शेरसिंह कशौधन,श्यामकुमार मिश्रा,रईस अहमद ,महबुब अहमद,नेपाल इटा उद्योग व्यवसायी संघका अध्यक्ष देवबहादुर ओली लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण समाज जागरण साप्ताहिकका प्रकाशक चन्द्रेश्वराज त्रिपाठीले गरेको थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here