spot_img
Sunday, September 22, 2024
Homeब्यानरसमाजिक कार्यका लागि सोसल टिन हिरो अर्वाड प्रतियोगिता

समाजिक कार्यका लागि सोसल टिन हिरो अर्वाड प्रतियोगिता

spot_img

विगत केही वर्षदेखी समाजिक क्षेत्रमा क्रियाशिल हुदै युवाहरुलाई सामाजिक क्षेत्रमा क्रियाशिल बनाउन विभिन्न क्रियाकलाप गर्दे आएको नेतृत्व इभेन्टस् प्रालिले शनिबार नेपालगंजमा सोसल टिन हिरो अर्वाड प्रतियोगिता सम्पन्न गरेको छ ।। नेतृत्व इभेन्टस् प्रालिले आयोजना गरेको उक्त अवार्ड शर्मालाई शनिबार आयोजित एक समारोहमा प्रदान गरिएको थियो ।कार्यक्रमको उद्घाटन पानसमा बत्ती बालेर प्रमुख सुरेन्द्र चलाउने ,पत्रकार मधु पौडेल,जयपति ढकाल,युवा संजालका सचिव राजन वर्मा लगायतको उपस्थितिमा भएको थियो । ।सामाजिक क्षेत्रमा क्रियाशील रहेको नेतृत्वका प्रमुख चलाउनेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगंजकी वर्षा शर्मा सोसल टिन हिरो बनेकी छन यस्तै उक्त अवार्ड अन्तर्गत आयोजित अन्य विधामा पब्लिक इन्फ्लुएन्सर अवार्ड प्राची गुप्ताले पाएकीछन् भने पब्लिक भ्युवर चोइस अवार्ड नियती शाहीले पाइन् ।यसैसँगै सोसल टिन हिरो अवार्ड विजेता शर्माले प्रमाणपत्र, ट्रफीसहित नगद १० हजार हात पारेकीछन् । भने पब्लिक इन्फ्लुएनसर अवार्ड र पब्लिक भ्युवर चोइस अवार्ड विजेताद्वय गुप्ता र शाहीले प्रमाणपत्र, ट्रफीसहित नगद ५र५ हजार हात पारेका थिए ।उनीहरुलाई नेतृत्वका प्रमुख चलाउने, सोसल युथ अवार्ड–२०२२ की पब्लिक इन्फ्लुएन्सर अवार्ड विजेता सिमरन शाह, नेतृत्वका प्रोजेक्ट हेड सागर क्षेत्री,ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।आयोजक नेतृत्वका प्रमुख सुरेन्द्र चलाउनेका अनुसार असार पहिलो साताबाट सञ्चालित इभेन्टमा जिल्लाका एक सय जना प्रतियोगिले सहभागिता जनाएका थिए । यसैगरी कक्षा १० सम्मका किशोरकिशोरीलाई सहभागिता गराइएको र अडिसनबाट छानिएका २० जना किशोरकिशोरीलाई उपाधीका लागि प्रतिस्प्रर्धा गराइएको थियो ।

अवसरमा उत्कृष्ट २० मा समावेश किशोरकिशोरीलाई १० दिनको फिल्ड कार्य, प्रशिक्षण, समुह कार्य, सामाजिक उत्तरदायित्व लगायतका विषयमा प्रशिक्षित गरिएको थियो ।नेतृत्वका प्रमुख चलाउनेले सामाजिक उत्तरदायित्व र प्याड बैंक स्थापनार्थ सोसल टिन हिरो अवार्ड आयोजना गरिएको बताए । उनले अवार्डमा नगद राशी जित्ने विजेताबाट केही रकम ‘प्याड बैंक’का लागि लिइनेछ । जिल्लामा विभिन्न प्रकोप, संकट तथा आर्थिक अवस्था कमजोर रहेका किशोरी एवम महिलालाई निःशुल्क प्याड वितरण गर्नका लागि स्थापना गरिएको प्याड बैंक सहयोगार्थ यो इभेन्ट गरिएको बताए ।अवार्ड वितरण समारोहमा नेतृत्वले यसअघि सम्पन्न गरेको सोसल युथ अवार्ड–२०२२ को पब्लिक भ्युवर चोइस अवार्ड विजेता रिसव बैश्य आफ्नो अनुभव सुनाएका थिए । भने नेतृत्वका प्रोजेक्ट हेड सागर क्षेत्रीले अवार्डका बारेमा प्रष्ट्याएका थिए । नेतृत्वका रिदम शाक्य र भूमी ओलीले अवार्ड वितरण समारोह सञ्चालन गरेका थिए । यसअघि पनि नेतृत्वले काठमाण्डौं, सुर्खेत र बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरामा सोसल अवार्ड तथा ट्यालेण्ट हण्ट आयोजना गरिसकेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here