खजुरा गाउँपालिका वडा नं २ मा एकीकृत समाजवादीबाट वडा अध्यक्षका उम्मेदवार नन्दलाल गुर्ताल एमालेमा प्रवेश गरेका छन् ।
उनले सोमबार एक विज्ञप्ती प्रकाशित गरि आफू एमालेमा प्रवेश गरेको जनाएका छन । नेकपा एमालेको नीति र विचार नै ठीक भएको जनाउँदै उहाँले आफू एमालेको उम्मेदवार जिताउन आफ्नो टीम सहित लाग्ने बताए ।
खजुरामा १७८ जना एमालेमा प्रवेश गरेका छ्न । पार्टी प्रवेश गराउँदै एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपतिले खजुरामा एमाले जितलाई कसैलाई रोक्न नसक्ने बताए ।
00