spot_img
Monday, September 16, 2024
Homeबजारसमस्या समाधान गर्न सरकार भएको हो ःबन तथा वातावरण मन्त्री कुर्मी

समस्या समाधान गर्न सरकार भएको हो ःबन तथा वातावरण मन्त्री कुर्मी

spot_img

लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले सबै ठाउँमा समस्या भएको हुदाँ त्यसलाई समाधान गर्नका लागि सरकारको गठन भएको बताएका छन । बाँकेको नेपालगंजमा आयोजित नेपाल इटा व्यवसायी संघ बाँकेको साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्ने क्रममा बन मन्त्री कुर्मीले सो कुरा बताएका हुन । मन्त्री कुर्मीले इटा व्यवसायी र बनको निकटम सम्बन्धन भएको बताउँदै भने,‘इटा उद्योग भनेको सिजनल व्यवसाय हो ,मलाई सबै थाहा छ कत्तिको समस्या हुन्छ भनेर ,हामी सरकारका किन आएको भन्ने कुरा उत्तर समेत सम्पुर्ण व्यवसायमा भएको समस्याको समाधान हुनुपर्छ भन्ने हो ,म लुम्बिनी प्रदेश बन तथा वातावरण हुदै गर्दा बनमा ढलेपडेका रुखको व्यवस्थापन तथा घाटगद्धी गरेर राखेको काठलाई कुहिनबाट जोगाउने तरीका बारेमा निर्णय समेत गरेको छु ’ ।
मन्त्री कुर्मीले अगाडि भने,‘उद्योगीहरु सबैलाई समस्या रहेको छ ,सरकार पनि समस्यामा नै रहेको छ,कोभिड भन्दा अघिको राजश्व भन्दा कोभिड पछिको राजश्व क्रमशः घट्दै गएको देखिन्छ ,एकातिर विकास निमार्णको काम गर्नु छ भने अर्को तर्फ उद्योगी व्यवसायी लगायतलाई सुविधा प्रदान गर्नु छ,’ । मन्त्री कुर्मीले अन्य व्यवसाय हुदाँ आफुलाई समस्या भयो भनेर अरोप लगाउनु भन्दा पनि आफुले कसरी राम्रो गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुन समेत उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका थिए । उत्पादन राम्रो बनाउँदै गए पछि नयाँ युगको प्रवेशमा प्राविधिको समेत प्रयोग गर्दै आफ्नो उत्पादनलाई विश्व वजारको प्रतिस्पर्धामा जमाउन समेत उद्योगी व्यवसायीलाई आग्रह गरेको थिए । कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री कुर्मीले बन तथा वातावरण मन्त्रालयबाट हुन सक्ने सहयोग तथा निति निर्माणका लागि आफु सधै जनताको पक्षमा रहने समेत बताएका थिए ।कार्यmक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री कुर्मीले हरेक उद्योग व्यवसायीका समस्याहरुलाई समाधान गर्नका लागि उद्योगी व्यवसायी स्वयमको सक्रियाता समेत आवश्यक पर्ने बताउँदै भने,‘तपाईहरुलाई कस्ता प्रकारका समस्याहरु रहेका छन त्यस्ता समस्याको समाधानका लागि राखिने छलफल गोष्ठीहरुमा हामी नेतृत्वमा रहेकाहरुलाई समेत सहभागी बनाउनु होस ,हामीलाई समेत जानकारी हुन्छ अनि समाधान निकाल्न सहज समेत पर्दछ ।’ कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका मन्त्री कुर्मी सहित संघिय माननिय डा.धवलसमशेर राणा,लुम्बिनी प्रदेशका पुर्व मन्त्री रत्न खत्री ,नेपालगंज उपमहागरपालिका मेयर प्रशान्त विष्ट लगायतले सम्बोधन गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here