spot_img
Monday, September 16, 2024
Homeबजारसबैको निति राजनिति सहि हुनुपर्छ ः पुर्व मन्त्री खत्री

सबैको निति राजनिति सहि हुनुपर्छ ः पुर्व मन्त्री खत्री

spot_img

लुम्बिनी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री रत्न खत्रीले पछिल्लो राजनितिको विश्लेषण गर्दै सबैलाई राम्रा गराउनका निम्ति सबैको निति राजनिति हुनु पर्ने बताएका छन । बाँकेको नेपालगंजमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुर्व मन्त्री खत्रीले संविधान संशोधनका विषय अर्थतन्त्र बलियो बनाउनका निम्ति निर्वाचन प्रणाली देखिका त्रुटीलाई सञ्चाउने भएको हुदाँ सबै समस्या समाधान हुन सबैको निति राजनिति सहि हुनु पर्ने बताए । नेपाल इटा उद्योग व्यवसायी संघ बाँकेको २२ औ साधारण सभा तथा ७ औ अधिवेशनलाई सम्बोधन गर्ने क्रममा पुर्व मन्त्री खत्रीले पछिल्लो समय अर्थतन्त्रमा गिरावट आउनुमा सरकार स्थिर नहुनु बताउँदै भने,‘दुईतीन सिट जितेकाहरुको गर्दा सरकार ढल्ने गर्दछ ,अनि सरकार स्थिर नहुदाँ अर्थतन्त्रमा समस्या आउने गर्दछ ’ ।सरकार सबैको अभिभावक बन्नु पर्ने वताउँदै पुर्व मन्त्री खत्रीले सरकारले सबैलाई समान व्यवहार गर्न सक्नु पर्ने बताउँदै भने,‘सरकारमा हुने सबै जनताको अभिभावक हो अतः सबैलाई समान व्यवहार गर्न सक्नु पर्दछ ’ । उद्योगी व्यवसायीहरुमा समेत परिवर्तनको आवश्यकता परेको बताउँदै मन्त्री खत्रीले समय अनुसार उद्योगी व्यवसायीहरु समेत परिर्वतन हुन पर्ने बताए । लुम्बिनी प्रदेशको वन नितिमा केही परिर्वतन गरेर सामुदायिक बनमा रहेका पुराना काठहरुलाई प्रयोगमा ल्याउनु पर्ने बताउँदै मन्त्री खत्रीले भने,‘वन जंगलमा भएका पुराना ढलेपडेका काठहरुलाई सडकमा ल्याएर त्यसलाई प्रयोगमा ल्याउनु पर्दछ अनि हामीलाई काठको विकल्प खोज्नु पर्ने समस्या आउँदैन ।’ मन्त्री खत्रीले केही मान्छेको इच्छामा नेपालका काठ कुहिएर गएको छ तर हामीलाई भने मलेसियाको काठ प्रयोग गर्नु परेको छ । यस्ता विषयमा सरकार र सरकारमा बस्नेहरु अलि चनाखो र निति निर्माणका विषयमा जनता पक्ष भएर गर्नु पर्ने मन्त्री खत्रीको राय रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका मन्त्री कुर्मी सहित संघिय माननिय डा.धवलसमशेर राणा,नेपालगंज उपमहागरपालिका मेयर प्रशान्त विष्ट लगायतले सम्बोधन गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here