spot_img
Friday, September 20, 2024
Homeब्यानरसडक दुर्घटनामा परी कोहलपुरमा एक युवाको मृत्यु

सडक दुर्घटनामा परी कोहलपुरमा एक युवाको मृत्यु

spot_img

शनिबार राती सडक दुर्घटनामा परी कोहलपुरमा एक जनाको मृत्यु भएको छ । राती करिब ८ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं. ५ एनसिसिएन नजिकै सडक दुर्घटना हुँदा कोहलपुर नगरपालिका वडा नं. २ गौरिडाडाका सन्तोष अधिकारीको मृत्यु भएको हो ।

पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको लु २ त ४७८४ नम्बरको ट्याक्टर र पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको भे ९ प ५६७८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक अधिकारी गम्भीर घाईते भएका थिए । दुर्घटना लगत्तै अधिकारीलाई उपचारकालागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर पुर्याईएको थियो । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार अस्पताल पुगेलगत्तै चिकित्सकले अधिकारीलाई मृत घोषणा गरेका थिए ।

उक्त ट्याक्टर ईलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा रहेको छ भने ट्याक्टरका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here