spot_img
Tuesday, February 18, 2025
Homeब्यानरसगरमाथा स्कुलको नमुना युवा नगर सभा

सगरमाथा स्कुलको नमुना युवा नगर सभा

spot_img

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा रहेको सगरमाथा इङ्गलिस मिडियम बोर्डिङ स्कुलले आफ्ना कक्षा ११ र १२ का विद्यार्थीको नेतृत्वमा प्रमुख नमुना युवा नगर सभाको व्यवहारिक अभ्यास शनिबार गरेको छ ।
युवा नगर सभाको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्ख बहादुर थापाले नमुना नगर सभाको अभ्यासले युवाहरूमा नेतृत्व विकास हुने विश्वास व्यक्त गरे ।
नमुना नगर सभाका नगर प्रमुखका रूपमा रहेका विवेक बुढाथोकीले नीति तथा कार्यक्रम पढेर सुनाउँदै उपस्थिति नमुना नगर सभाका सदस्यलाई पालै पालो आफ्नो कुरा राख्न दिएका थिए । सदस्यका रूपमा रहेको रमा घर्ती मगर, माया चौधरी, अनिल यादव, मुकेश यादव, करीश्मा चौधरी लगायतले सभामा आफ्ना कुराहरू राखेको थिए । युवा नगरसभामा बजेट उपप्रमुख प्रिन्सु शाहीले प्रस्तुत गरेकी थिइन् ।
त्यसअघि नमुना नगर सभाका नगर प्रमुखलाई सगरमाथा बोडिङ स्कुलका संस्थापक समेत रहेका निर्वाचन अधिकृत कृष्णा जिसीले सपथ गराएका थिए भने उपप्रमुख लगायतलाई प्रमुखको भूमिकामा रहेका बु्ढाथोकीले सपथ गराए ।
कार्यक्रमका सभाध्यक्ष तथा बिद्यालयका संस्थापक अध्यक्ष कृष्ण जिसीका अनुसार कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिनु भएको बताए । ‘पुस्तकमै सीमित नभई उनीहरूले समाजलाई बुझ्न र आफ्ना विचार राख्न सकून् भन्ने चाहनाले युवा नगर सभाको आयोजना गरिएको हो’, उनले भने ।
औपचारिक कार्यक्रमको सञ्चालन कोशल राज पाण्डे र स्वागत नगर सभा प्रशिक्षक साहिल अन्सारीले गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 520