spot_img
Friday, September 20, 2024
Homeब्यानरसंस्थापन समूहद्वारा सभापतिबाहेक पदाधिकारी उम्मेदवार घोषणा

संस्थापन समूहद्वारा सभापतिबाहेक पदाधिकारी उम्मेदवार घोषणा

spot_img

नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशनका लागि संस्थापन समूहले सभापति बाहेक पदाधिकारी उम्मेदवार घोषणा गरेको छ । पार्टी कार्यालयमा आज एक कार्यक्रमका वीच उम्मेदवारहरुको घोषणा गरिएको हो ।

उपसभापतिमा कृष्ण कार्की र सुदिप नरसिंह राणा, सचिव रबिन्द्र हमाल र सन्जु कुमारी थारु तथा सह–सचिवमा पुरनसिंह ठकुरी र बिनोद थारुको नाम घोषणा गरिएको हो ।

संस्थापन समूहले सभापतिमा भने सर्वसम्मत उम्मेदवार छनौट गर्न सकेन । सभापतिका आकांक्षीहरु टसमस नभएपछि एकल उम्मेदवार घोषणा गर्न नसकिएको हो ।

सभापतिमा संस्थापनबाट बादशाह कुर्मी, सुरेन्द्र हमाल, निरन्जनसिंह सिजापति र सुनिल नरसिंह राणाले उम्मेदवारी दिने बताए ।

संस्थापन इतरले भने दुई महिना अघि नै सभापति नारायण प्रसाद गौडेलको नेतृत्वमा पदाधिकारी घोषणा गरेको थियो । सदस्य पनि केही दिन अघि घोषणा गरिएको थियो । फागुन १५ गते हुने जिल्ला अधिवेशनका लागि भोली १२ गते मनोनयन दर्ता हुँदैछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here