spot_img
Sunday, September 8, 2024
Homeब्यानरसंस्थाका कार्यक्रमलाई गाउँस्तरसम्म पु¥याउनु पर्नेमा जोड

संस्थाका कार्यक्रमलाई गाउँस्तरसम्म पु¥याउनु पर्नेमा जोड

spot_img

बाँके जिल्ला नेपालगंजमा रहेर विभिन्न कार्यक्रम संचालन गर्दै आएको गैरसरकार संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको नवौ वार्षिक साधारण सभाका सहभागिहरुले संस्थाले संचालन गर्ने अभियानलाई गाउस्तरसम्म पुरयाउनुपर्ने जोड दिएका थिए । कार्यक्रमका सहभागिहरुले संस्थाले प्राय सार्वजनिक सरोकारका सवालको उठान तथा निरन्तर खबरदारीले कार्यन्वयनमा मद्दत पुगेको भन्दै यस्ता अभियान ग्रामिण क्षेत्रमा संचालन गर्नुपर्ने बताएका थिए । उनीहरुले संस्थाले विभिन्न सवाल उठानका लागि सबैको सहकार्यमा नागरिक नेतृत्व लिई सम्वन्धित सरोकारवालाको ध्यानाकषर्ण गराउने गरेको र सूचनाको हकका क्षेत्रमा काम गर्ने संस्थाको रुपमा पहिचान कमाएको बताएका थिए । सभामा संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिबेदनमाथी सल्लाह सुझावसंगै समिक्षा गरिएको थियो । सभामा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल बारका पुर्व केन्द्रीय उपाध्यक्ष प्रहलाद बहादुर कार्की, गैरसरकारी संस्था महासंघ बाँकेका सदस्य सुर्यलाल यादव, अवधी सांस्कृतिक प्रतिष्ठान नेपालगन्जका अध्यक्ष विष्णुलाल कुमाल, सिख्ख समुदायका अगुवा मधईसिंह सिख्ख लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । यसैगरी संस्थाको बन्द सत्रले सभामा प्रस्तुत भएको प्रगति तथा आर्थिक प्रतिबेदनलाई अनुमोदन गरेको छ । यसैगरि सभामा संस्थाले निमार्ण गरेको ५ वटा नयाँ निति निर्देशिका र आगामी पाँच वर्षे रणनितिक कार्ययोजना निमार्ण गर्ने लाई समेत अनुमोदन गरेको छ । बन्द सत्रले संस्थाले सञ्चालन गरेको कार्यक्रमको समिक्षा, चुनौती र समस्याको व्यवस्थापन र आगामी वर्षको रणनिती निमार्ण गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here