spot_img
Saturday, September 21, 2024
Homeबजारसंघको समिक्षा बैठक,सबै कानुन संमत हुनु पर्दछ

संघको समिक्षा बैठक,सबै कानुन संमत हुनु पर्दछ

spot_img

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले नेपालगंज उद्योग वाणिज्य संघको निर्वाचनको समिक्षा र तिहार लगायत चाडपर्वको शुभकामना आदानप्रदान गरेको छ ।आउदै गरेको चाडपर्वहरुलाई लक्षित गर्दै निर्वाचन सकिएको लामो समय हुदाँ सम्म निर्वाचन समिक्षाको बैठक नबस्न सकेको अवास्थमा शनिबार नेपालगंजमा शुभकामना आदानप्रदान तथा निर्वाचन समिक्षाको विषयमा बैठक बसेको हो । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघको विगतको निर्वाचन समिक्षा तथा शुभकामना आदानप्रदान बैठकमा बोल्दै संघका अध्यक्ष संजय थापाले निर्वाचनको समिक्षाको विषयमा लामो समय लाग्नुमा संघको निर्वाचनमा आएको विवादलाई बताएका छन । अध्यक्ष थापाले भने,“निर्वाचनको नतिजा आउनमा ढिलाई हुनुका साथै कानुनी विवादमा उद्योग वाणिज्य संघको निर्वाचन फस्दा निर्वाचन समिक्षा के आधारमा गर्ने भन्ने नै हुन नसक्दा समिक्षा सारिएको हो,” अध्यक्ष थापालो अगाडि भने,“यो समिक्षा सधै भरी चलि नै रहन्छ ,हरेक बैठकमा निर्वाचनका समिक्षा,व्यावसायीक हितका विषय तथा शहरका समस्याका विषयहरु निरन्तर समिक्षा गर्नु पर्ने विषयहरु हुन ।”
यसैगरी बैठकमा तिहार तथा छठ एवं विभिन्न आउँदै गरेका पर्वको शुभकामना दिदै नेपाली कांग्रेसका बाँके उपसभापति गोपाल प्रसाद अधिकारीले निर्वाचन समिक्षाको विषयमा बोल्दै भने,“निर्वाचनमा कमी कमजोरी रहने गर्दछन तर यस पटक नेपाली काग्रेस पार्टि सक्रिय रुपमा लागेको हो ,निर्वाचनबाट नेतृत्वमा पुग्नु भन्दा पनि भुमिका कस्तो हुने भन्ने हुन्छ ,निर्वाचनमा हारलाई सफलताका लागि लिनु पर्ने र जितलाई जिम्मेवारीको रुपमा लिनु पर्ने हुन्छ ।” यसैगरी नेपालगंज उद्योग वाणिज्यसंघको सम्पुर्ण जिम्मेवारीको नैतिक जिम्मेवारी लिदै प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका संस्थापक अध्यक्ष सुनिल शर्माले भने,“केही हाम्रा उम्मेदवारहरुले हार व्यहोर्नु पर्यो भने केहीलाई विजय गराउन सकियो ,कुनै पनि वैधानका कामका लागि सहयोग र अबैधानिक कामका लागि विरोधमा रुपमा अगाडी जानु पर्ने हुन्छ,यसलाई सबैले ध्यान दिनु होला”यसैगरी प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष धुव्र प्रसाद दाहालले निर्वाचनमा विजय हासिल गर्ने कुरामा निर्वाचनमा खडा हुने उम्मेदवर,सचिवालय हाक्ने अवस्था तथा प्रतिपक्षका रणनितिका विषयमा ज्ञान हुदाँ हुदै पनि त्यसलाई चिर्ने लगायतका विषयहरु आउने बताए ।समिक्षा तथ चाडपर्व लक्षित शुभकामना बैठकमा बोल्दै प्रजातान्त्रिकका तर्फबाट महासचिवका उम्मेदवार रहेका टंक प्रसाद शर्माले निर्वाचनको समिक्षा गर्ने क्रममा आफुलाई हराईएको हुदाँ यसमा अन्तिम विन्दुसम्म संघको साथसहयोग हुनु पर्ने बताए ।यस्तै समिक्षा बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसक जिल्ला सदस्य चिन्ता मणी धिताल, प्रजातान्त्रिक समुहका तर्फबाट अध्यक्षका उम्मेवदार रहेका ललितकुमार रौनियार,संघ वरिष्ठ उपाध्यक्ष प्रदिप गुप्ता,उमा ग्राण्डन,प्रजातान्त्रिक उद्योगी व्यवसयीका नगर अध्यक्ष शिव प्रसाद दाहाल,प्रजातात्रिक उद्योगी व्यवसायी संघका प्रवक्ता तथा नेपालगंज उद्योग वाणिज्य संघमा निर्वाचित कोषाध्यक्ष मख्खन धामी,सहसचिव टेक बहादुर खड्का ,प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका सदस्य फरुदिन हक,रेवती सिंह,सुनिल सिंह भण्डारी,प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका प्रेस संयोजक मधु पौडेल लगायतले शुभकामना तथा समिक्षामा आफन भनाई राखेका थिए ।
संघले कानुन मिच्यो,अव यस्तो हुदैनःप्रजातान्त्रिक उद्योगी व्यवसायीसंघ बाँके अध्यक्ष ःथापा

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाले भर्खरै निर्वाचित उद्योग वाणिज्य संघका पदाधिकारीहरुले कानुन मिच्ने र जथाभावी गर्ने गरेको पाइएको बताए ।अध्यक्ष थापाले उद्योग वाणिज्य संघको पछिल्ला गतिविधिको बारेमा अर्थयाउदै भने,“हामीहरु कानुनी लडाई लडिरहेका छौ,प्रजातान्त्रिक अभ्यास कमजोर हुदै जाने क्रियाकलाप प्रजातन्त्रको विरोधको कदम हो,उद्योग वाणिज्य संघ राजनिति गर्ने थलो होइन व्यवसायीका हितका लागि पनि हुनुपर्छ,”यसैगरी प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगंज उपमहानगरपालिकाका नगर अध्यक्ष तथा उद्योग वाणिज्यसंघ नेपालगंजका सदस्य शिव प्रसाद दहालले उद्योग वाणिज्य संघको वर्तमान नेतृत्व एक्लै जाने प्रयास गरेको हुदाँ विधान विपरीतमा कार्यहरुमा आफुहरु ताली बजाउन नगएको बताए ।सदस्य दाहालले भने,“हामीहरु त्यहाँ ताली बजाउन गएको होइन,छलफलमा भएको विषयमा माइन्युट गर्नु पर्नेमा आफु खुशी माइन्युटमा लेख्ने कदम विरोद्ध छौ ।”यसैगरी नेपाल जडिबुटि संघ नेपालका अध्यक्ष टंक प्रसाद आर्चायले प्रजातान्त्रिक विचारमा विश्वास गर्ने निर्वाचन पद्धतीले जित्नु पर्ने बताउँदै भने,“अन्याय हुनु हुदैन,अन्याय सहेर बस्नु पनि अपराध हो प्रजातान्त्रिक पद्धतिको विरुद्ध हो ।” यसैगरी नेपालगंज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा प्रजातान्न्त्रिक उद्योगी व्यवसायी सघका संस्थापक अध्यक्ष सुनिल शर्माले प्रजातान्त्रिक समुहबाट विजय भएर नेपालगंज उद्योग बाणिज्य संघमा रहेका पदाधिकारी तथा सदस्यहरुलाई विधान विपरीतका हरेक विषयमा सहभागी नहुन समेत भनेको बताए ।
विजय पदाधिकारी तथा सदस्यलाई सम्मानित

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले प्रजातान्त्रिक समुहबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गरेको छ । भर्खरै सम्पन्न नेपालगंज उद्योग वाणिज्यसंघमा विजय भएको पदाधिकारीहरुलाई विविध कारणले सम्मान गर्न नसकेको प्रजातान्त्रि उद्योगी व्यवसायी संघले नेपालगंज उद्योग वाणिज्य संघको कोषाध्यक्षमा विजय भएको मख्खन धामी,सहसचिव टेक बहादुर खड्का,एशोसियट सदस्यद्धय प्रदिप गुप्ता र हिमनाथ पौडेल,सदस्यमा युवराज ढकाल,सन्तोष कुमार पौडेल,शिव प्रसाद दाहाल,उमा ग्राण्डन,सोनाली गुप्ता,सन्तोष पौडेललाई प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका संस्थापक अध्यक्ष सुनिल शर्मा र वर्तमान अध्यक्ष संजय थापा लगायतले खादा लगायएर सम्मानित गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here