spot_img
Friday, October 18, 2024
Homeबजारशुक्रबार होटेल ब्यवसायी महासंघ लुम्बिनी प्रदेशको अधिवेशन हुदै

शुक्रबार होटेल ब्यवसायी महासंघ लुम्बिनी प्रदेशको अधिवेशन हुदै

spot_img

होटेल ब्यवसायी महासंघ लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन बाँकेको नेपालगन्जमा हुदैछ । शुक्रबार महासंघको साधारण सभा तथा अधिवेशन हुन लागेको हो । अधिवेशनको सबै तयारी पुरा भएको आयोजक होटेल ब्यवसायी महासंघ लुम्बिनी प्रदेशले जनाएको छ ।

महासंघका अध्यक्ष भाष्कर काफ्लेले तयारी लगभग पुरा भएको पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान ९ बजेतिर साधारण सभा तथा अधिवेशन उद्घाटन हुनेछ । कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्ने तय भएको अध्यक्ष काफ्लेले बताए । अधिवेशन उद्घाटन गर्न शुक्रबार बिहान मन्त्री पाण्डे नेपालगन्ज आउने बताइएको छ ।

उद्घाटन शत्र लगत्तै बन्द शत्र सुरु हुने र बन्द शत्रमा होटेल ब्यवसायीका विभिन्न सवालबारे छलफल हुने आयोजकले जनाएको छ । उद्घाटन शत्रपछि बन्द शत्र हुने र बन्द शत्रमा निर्वाचन प्रक्रिया पनि अगाडी बढाइने अध्यक्ष काफ्लेले जानकारी दिए । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत निर्वाचित गर्ने बताइएको छ ।

यही साउन १२ गते सर्वसम्मत रुपमा नयाँ कार्यसमिति पदाधिकारी निर्वाचित गर्दै नेपालगन्ज घोषणापत्र जारी गरेर अधिवेशन समापन गर्ने तयारी छ । अधिवेशनमा १ सय ५० को हाराहारीमा प्रतिनिधि सहभागी हुनेछन् । पत्रकार सम्मेलनमा महासंघका लुम्बिनी प्रदेश पदाधिकारी, होटेल ब्यवसायी लगायतको उपस्थिती रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here