spot_img
Monday, September 23, 2024
Homeब्यानरशिक्षा र डिजीटल नगर विषयलाई प्राथमिकता दिदै कोहलपुर नगरपालिका

शिक्षा र डिजीटल नगर विषयलाई प्राथमिकता दिदै कोहलपुर नगरपालिका

spot_img

बाँके जिल्लाको कोहलपुर नगरपालिकाले आर्थिक वर्षका लागि शिक्षा र डिजीटल नगर बनाउने विषयलाई प्राथमिकतामा राखिने बताएको छ ।शनिबार बाँके जिल्लाका पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा पालिका प्रमुख पुर्ण प्रसाद आर्चायले सो कुरा बताएका हुन । प्रमुख आर्चायले नगरको विकास लागि पहिलो विषय शिक्षामा जोड दिनु पर्ने बताए । विकास निर्माणको संरक्षण तथा अपनत्व ग्रहण गर्नका निम्ति समेत जनता शिक्षित हुनु पर्ने नगर प्रमुख आर्चायको धारण रहेको थियो । प्रमुख आर्चायले सार्वजनिक शिक्षाको गुणस्तरमा बृद्धि गर्न र डिजिटल प्रबीधी युक्त नगरपालिका बनाउनु लगायत स्वास्थ्य,रोजगार सृजना गर्ने विषयमा समेतलाई प्रथामिकताका पार्दै बजेट विनियोजन गरिने बताए ।प्रमुख आर्चायले सुशासन र पारदर्शीतालाई प्राथामिकतामा राखेर काम गरिने बताउँदै सार्वजानिक खर्च कम गर्न बिदाको दिनमा सरकारी सवारी साधनको प्रयोग नगर्ने ,अपारदर्शी तरिकाले वितरण गरिने कोटेसन मार्फत गरिने काम रोक्ने,तथा कार्यपालिकाको निर्णयहरु सार्वजनिक गर्ने परिपाटीको बिकास गर्दै लैजाने बताए ।प्रमुख आर्चायले अघिल्लो सरकारले गरेको अपारदर्शी निर्णयहरु खारेज गर्दे हेफर ईन्टरनेशनल लगायतका गैर सरकारी संस्थाहरु संंग गरिका कामहरु रोकिने जानकारी दिएका छन ।उनले सकारात्म आलोचना गर्न मिडियाकर्मिहरुलाई आग्रह गर्दै आफ्नो कार्यकाल मिडियामैत्री हुने समेत प्रतिबद्धता जनाए । प्रमुख आर्चायले स्थानिय संचार माध्यम र संचारकर्मीको विकास र प्रबद्र्धनमा सक्दो सघाउ पु¥याउने प्रतिबद्धता जनाएका छन । यसै वर्ष देखि स्थानिय संचार माध्यामहरुको बर्गीकरण गरि लोक कल्याणकारी सुचनाहरु उपलब्ध गराउने प्रमुख आर्चायको भनाई रहेको छ ।यस्तै प्रमुख आर्चायले संचार कर्मिहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै अघिल्लो सरकारले दिएका विभिन्न योजनाहरुको भुक्तानीको लागि करिव २५ करोड भन्दा बढि पैसा अपुग हुने देखिएको हुदाँ आफुहरुले उक्त रकम भुक्तानी गर्दा आफुहरुले विकास वजेटबाट काट्नु पर्ने देखिने भएको हुदाँ वजेट नभएर काम गरेको देखिएको बताए । प्रमुख आर्चायले मिडिया कर्मीहरुलाई दैनिक रुपमा नगरपालिकामा उपस्थित हुन र आफु मिडियासंग भागेर भन्दा पनि मिलेर काम गर्ने इच्छा भएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here