spot_img
Saturday, September 21, 2024
Homeब्यानरशिक्षा पेशा छाडी राजनिति यात्रामा जानकीका “टिकानाथ यादव”

शिक्षा पेशा छाडी राजनिति यात्रामा जानकीका “टिकानाथ यादव”

spot_img

बाँके जिल्ला जानकी गाउँपालिक वडा नं.५ मा नेपाली कांगे्रसबाट वडा अध्यक्षमा उमेदवारी दिएका टिकानाथ यादव स्थानिय स्तरमा चिनेजानेको अनुहार हो । विं.सं २०६४ सालबाट राजनिति यात्रा सुरु गरेका टिकारामलाई तत्कालीन अवस्थामा नेपाली कांग्रेसको एक शुभचिन्तकको रुपमा रहेका थिए । निरन्तर पार्टिको काममा खटिएका यादवले स्वर्गीय शुशिल कोइरालको हातबाट टिका ग्रहण गरी वि.स.२०७० सालमा नेपाली कांग्रेसको सक्रिय सदस्यको रुपमा आफुलाई एक जिम्मेवार कार्यकर्ताको रुपमा चिनाउँद आए । नेपाली कांग्रेसको १३औ अधिवेशनबाट बुथ एकाई सचिवको रुपमा आफुलाई पार्टीमा स्थापना गर्न सफल यादव स्थानियमा पनि उस्तै चिरपरिचित नाम रहदै आएको छ । स्नातकोत्तर उतिर्ण यादवले १४ औ नेपाली कांगे्रसको अधिवेशनमा जानकी गाउँपालिकामा कार्य समिति सचिवको रुपमा रहेर काम गरे ।पार्टिका हरेक कार्यक्रमहरु जस्तो संसदीय होस या स्थानिय निर्वाचनमा स्थानिय तहको समस्यालाई ओकालत गर्दै पार्टिलाई त्यही अनुरुप हिड्न सल्लाह दिने पात्र यादव स्वयम हुन । जिल्लाको जानकी गाउँपालिका- ५ गुरुवा गाँउमा जन्मिएका टिकानाथ यादव घरका काइला छोरा हुने भने उनी सगै पाँच भाई रहेका छन । विभिन्न पेशा संलग्न रहेका उनका दाई भाईहरुलाई राजनिति पार्टि चासो नभएता पनि यादवले जनताको समस्यालाई समधान गर्नु नै आफ्नो लक्ष्य भएको भन्दै राजनिति यात्रामा कदम चालेको बताउँछन । ३२ वर्षका युवा टिकानाथ यादव ठुला दाई खेती किसानी गरेर जिवीको पार्जन गर्ने गरका छन भने अन्य दाई भाईहरु भैसी पाल्ने देखि लिएर स्वास्थ्य लगायतका क्षेत्रमा संलग्न रहेका छन । २०६४ मा उच्च शिक्षा हासिल गरी सकेका यादव विज्ञान विषयका शिक्षक हुन ।शिक्षामा खास रुचि राख्ने यादवले विएड समेत गरेको छन ।सामाजिक कार्यमा समेत सक्रिय रहेका यादवको यात्रा केही सामाजिक स्थानहरुमा समेत भएको पाइन्छ ।सहयोगी समाज नेपाल बाँकेको अध्यक्ष,यादव समाज सेवा समितिका केन्द्रिय कोषाध्यक्ष पदभार गरेर समाजका लागि केही न केही गदै आएका छन । १२ वर्षे शिक्षण पेशमा विभिन्न तहमा शिक्षकको रुपमा संलग्न रहेका यादव शिक्षालाई प्राथमिकतामा राख्दै नेपाल सरकारको २०७९ साल बैशाख ३० गतेका लागि तय गरेको स्थानिय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट जानकी गाँउपालिका वडा नम्बर ५ को वडा अध्यक्ष उमेदवारी दिएका छन । जानकी गाउँपालिका वडा नम्बर ५ मा रहेका ६ वटा टोलहरुमा गुरुवा गाउँ ,बुढिहा गाउँ ,बकसपुर्वा, रामगाउँ ,ईमिलियालिहार ,छब्बनपुर्वा ,बनिया गाँउ लगायत का स्थानहरु अझै विकास नहुदाँ विभिन्न सेवा सुविधाबाट बञ्चित भएको हुदाँ यादवले सेवा सुविधाको मामिलामा सामाजिक क्षेत्त,सुरक्षा लगायतका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन उम्मेदारी दिएका छन । आफु शिक्षा पेशामा बढि सङमलग्न भएको हुदाँ शिक्षालाई बढि प्राथमिकतामा राखेर विकास गर्ने उनको उदेश्य रहेका छ । जानकी गाउँपाकिला वडा नं.५ मा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा सहभागि रहेका यादवले आफ्नो विजय पश्चात वडा अन्तरगत रहेका सबै सरकारी विद्यालयहरुमा उत्कृष्टा कसरी ल्याउने?गुणस्तर शिक्षा प्रदान गर्ने र विद्यार्थीहरुको उज्वल जिवन बनाउने,र देश बनाउन युवा पुस्तालाई जागरुक हुन जरुरी रहेको यादवको भनाई रहेका छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here