spot_img
Tuesday, October 22, 2024
Homeब्यानरशान्ति, सदभाव कायमका लागि संवाद उच्च सतर्कता अपनाइएको सुरक्षा अधिकारीको प्रतिवद्धता

शान्ति, सदभाव कायमका लागि संवाद उच्च सतर्कता अपनाइएको सुरक्षा अधिकारीको प्रतिवद्धता

spot_img

चाडपर्वलाई मध्यनजर गर्दै बाँकेमा शान्ति सुरक्षा र सद्भाव कायमका लाागि उच्च सतर्कता अपनाइएको सरोकारवालाले प्रतिवद्धता व्यक्त गरेका छन् ।
विवाद÷द्धन्द्ध र जनसरोकारका सवालमा सम्वाद सहजीकरण गर्दै आएको संवाद समूह बाँकेद्धारा शान्ति, सुरक्षा र सदभाव कायममा सरोकारवालाको भूमिकाका सन्दर्भमा आज बुधबार नेपालगञ्जमा आयोजित अन्तरक्रियात्मक सम्वाद कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो । जिल्ला प्रशासन कार्यालयको हलमा आयोजित कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरुले सुरक्षा संवेदनशिलता अपनाउँदै पुर्व तयारी गरिएको स्पष्ट पारेका छन् ।
तिनवटै सुरक्षा निकायका प्रमुख, धार्मीक अगुवा, जनप्रतिनीधी,, नागरिक समाजका अगुवा सहभागी कार्यक्रमका अधिकांस वक्ताले धार्मीक, सामाजिक सहिष्णुतालाई जिवन्त राख्न सवै पक्षबीचको समन्वयात्क सहकार्यात्मक भूमिका आवश्यक रहेकोमा जोड दिइएकोे थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य वहादुर खत्रीले शान्ति, सुरक्षा र सदभाव कायमप्रति संवेदनशिल र जिम्मेवार रहेको भन्दै सरोकार लगायत सबै पक्षको सहयोगको अपेक्षा गरेको बताएका छन ।


नरैनापुर गाउपालिकाका प्रमुख मो इस्तियाक अहमद शाहले सकरात्मक सोंचको विकासले नै शन्ति सदभाव सुदृढ हुने भएकाले धार्मीक अगुवा पनि त्यसतर्फ केन्द्रीत हुनु पर्ने आवश्यक्ता औल्याए । मुस्लिम धर्म गुरु मौलाना अव्दुल जव्वार मञ्जरीले मानवको रक्षा गर्नु र एक अर्काको अस्तितव स्वीकार्नु नै ठुलो धर्म हुने विश्वास व्यक्त गरे । ब्रम्हाकुमारी इश्वरिय विश्व विद्यालयकी ब्रम्हाकुमारी दुर्गादेवीले आध्यात्मिक चिन्तनसँगै सकरात्मक दृष्टिकोण बनाउनु नै अहिलेको प्रमुख चुनौती भएको बताइन । बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले प्रहरीले चाडपर्वलाई लक्षित गरि विशेष सुरक्षा योजना ल्याएको भन्दै सवैको सहयोगको आवश्यक्तामा जोड दिए । बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपाल प्रसाद अधिकारी र साुदादायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशीले नागरिकसँगको सहकार्यले नै शान्ति सुरक्षा कायम हुने विश्वास व्यक्त गरे । कार्यक्रमको उद्येश्य र महत्वमाथि अधिवक्ता एवं सम्वाद सदस्य प्रहलाद बहादुर कार्कीले प्रकाश पारेका थिए भने सम्वाद समुह बाँके अन्तरगत रहेको नरैनापुर साखाका सम्वाद सहसंयोज मकबुल अहमद मुकेरीले नरैनापुरमा चाडपार्वको बेला सुरक्षाको विषयमा विशेष ध्यान दिनु पर्ने बताए ।सम्वाद समुह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here