spot_img
Sunday, September 8, 2024
Homeब्यानरशक्तिकेन्द्र धाउँदै भेरीका कर्मचारी: कराेडौकाे आर्थिक चलखेल (अनुगमन-१)

शक्तिकेन्द्र धाउँदै भेरीका कर्मचारी: कराेडौकाे आर्थिक चलखेल (अनुगमन-१)

spot_img

नेपालगन्ज/ बाँकेकाे प्रादेशिक भेरी अस्पतालका कर्मचारी शक्तिकेन्द्र धाइरहेका छन् । आफ्नाे सरूवा राेकाउनका लागि उनीहरू शक्ति केन्द्र गएका हुन् ।

करिब सात वर्षदेखि अस्पतालकाे फार्मेसी डिपार्टमेन्टमा काम गर्दै आएका पाँचौं तहका फार्मेसी सुपरभाइजर दिनेश नेपाली र छैठौं
तहका फार्मेसी सुपरभाइजर निरीक्षक अभिनाष गुप्ता यतिबेला आफ्नाे सरूवा राेकाउनका निम्ति काठमाडौमा छन् । नेपालीकाे गेटा अस्पताल कैलाली र गुप्ताकाे अ‌ौषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जमा कामकाजका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेठ २३ गते खटाएकाे हाे । यतिका वर्षसम्म अस्पतालमा कार्यरत उनीहरू फाजिलका कर्मचारी हुन् ।

मन्त्रालयकाे निर्देशनलाई लत्याएर पावर र पैसाकाे भरमा सरूवा राेकाउन उनीहरू काठमाण्डौ गएका हुन् । उनीहरूले ५० लाख रूपैयाँ दिएर असार मसान्तसम्मका लागि भए पनि सरूवा राेक्न काठमाडौं पुगेकाे बुझिएकाे छ ।

एक महिनाकाे लागि मात्र सरूवा थामथुम गर्नका लागि ५० लाख रूपैयाँ तिर्न तयार नेपाली र गुप्ताले अ‌ौषधि र सर्जिकल सामग्री खरिदमा कराेडौ रूपैयाँकाे आर्थिक चलखेल गरेकाे बताइन्छ । आर्थिक प्रलोभनमा परेर उनीहरूले एक सय रूपैयाँमा खरिद हुने (न्यूट्रास्युटिकल) लाई ९ सय रूपैयाँदेखि १ हजार रूपैयाँ भारूमा बिक्री वितरण गरिरहेका छन् । करिब २० लाख रूपैयाँ बराबरकाे उक्त सप्लिमेन्ट फुड अहिले पनि फार्मेसीमा पाउन सकिन्छ । अस्पताल हाताभित्रै विरामीकाे स्वास्थ्यमाथि खेलवाड गरेर चलिरहेकाे व्यापारकाविरूद्ध अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलगायत आर्थिक हिसाबकिताब राख्ने लेखाअधिकृतसमेत बेखबर झै तै चुप मै चुप बनेर उनीहरूले गर्दै आएकाे अनियमितामा साथ र सहयाेग गर्दै आएकाेसमेत बुझिएकाे छ ।

यस अघि करिब ६ कराेड रूपैयाँकाे अ‌ौषधिजन्य सामग्री र फर्निचर खरिद भएकाे छ । खरिद गरिएका सामग्रीमा सर्जिकल सामग्री उनै गुप्ता र नेपालीकाे नातागाेतामा पर्ने व्यक्तिकाे फर्मबाट कमसल सामग्री खरिद गरिएकाे छ भने असार मसान्तमा हुने भुक्तानी अनि नयाँ आर्थिक वर्षका लागि खरिद हुने अस्पतालजन्य सामग्रीमा पाइने कमिसनका लागि सुपरिटेन्डेन्ट र लेखाअधिकृतकाे राय अनुरूप नेपाली र गुप्ता आफ्नाे सरूवा राेक्न यतिबेला काठमाण्डौ पुगेकाे बुुझिएकाे छ ।
क्रमशः

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here