spot_img
Monday, September 23, 2024
Homeब्यानरशंखरापुर नगरपालिकाको बजेट १ अर्ब ४० करोड ४८ लाख पारितः प्रवक्ता श्रेष्ठ

शंखरापुर नगरपालिकाको बजेट १ अर्ब ४० करोड ४८ लाख पारितः प्रवक्ता श्रेष्ठ

spot_img

काठमाडौंको शंखरापुर नगरपालिकाले आगामी आर्थिक बर्षका लागि रु १ अर्ब ४० करोड ४८ लाख २१ हजारको बजेट पारित गरेको छ । शुक्रबार बसेको ७ औं नगरसभा बैठकले सो बजेट पारित गरेको हो । चालुतर्फ रु।४२ करोड ४ लाख ४६ हजार ३ सय रुपैयाँ र पुजीँगत खर्चतर्फ रु ९८ करोड ३३ लाख ७४ हजार ७ सय बजेट पारित भएको प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । यस्तै वित्तिय व्यवस्थापन तर्फ रु १० लाख छुट्याइएको छ ।
शुक्रबार साँखुमा बसेको नगरसभामा नगरप्रमुख रमेश नापितले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख समिता श्रेष्ठले बजेट प्रस्तुत गरिन् । प्रस्तुत नीति तथा कार्यक्रम र बजेट शुक्रबार नै सर्वसहमतिले पारित भएको छ ।
बजेटको आन्तरिक स्रोततर्फ रु २९ करोड ८२ लाख ५० हजार रुपैँया रहेको छ भने राजस्व बाँडफाँड तर्फ रु ५५ करोड ७७ लाख ९९ हजार रुपैयाँ रहेको छ । अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्र्तगत ४४ करोड ८७ हजार र अन्य आय वापत १० करोड ८६ लाख रुपैयाँ रहेको छ ।
नगरपालिकाले सामाजिक विकास तर्फ २२ दशमलव ४३ प्रतिशत, पूर्वाधार विकास तर्फ ४४ दशमलव ७४ प्रतिशत बजेट विनियोजन गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यस्तै सुशासन तर्फ ४ दशमलव ९६ प्रतिशत र वातावरण र विपद व्यवस्थापन तर्फ ७ दशमलव ९७ बजेट विनियोजन भएको छ ।
नगरसभाले नगरपालिका वासीका लागि निःशूल्क शिक्षा देखि निःशूल्क स्वास्थ्यसम्मका कार्यक्रम स्वीकृत गरेको छ । नगरसभाले ६० बर्ष माथिका जेष्ठ नागरिक तथा गर्भवती महिलाका लागि निःशूल्क एम्बुलेन्स सुविधा दिने नीति पनि पारित गरेको छ । यस्तै शवबाहन सेवा पनि निःशूल्क गर्ने नीति पारित गरिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृण श्रेष्ठले जानकारी दिए ।
नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालयहरुमा कक्षा १ देखि १२ सम्म निःशूल्क शिक्षा दिने, साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल हस्पिटलसँग सम्झौता गरेर निःशूल्क स्वास्थ्य सेवा प्रदान गर्ने, कक्षा १ देखि ३ सम्म नेपाल भाषा र तामाङ भाषाको पाठ्यक्रम तयार गरी मातृभाषाबाट पठनपाठन गर्ने, गर्भवती महिला र ६० बर्षमाथिका जेष्ठ नागरिकलाई निःशूल्क एम्बुलेन्स सुविधा दिने, गर्भवती र सुत्केरी आमाका लागि पोषण भत्ता उपलब्ध गर्ने नीति पारित गरेको छ ।
यस्तै नगरपालिकाभित्र शवबाहन सेवा निःशूल्क रुपमा उपलब्ध गर्ने, अशक्त तथा जेष्ठ नागरिकलाई बैंक मार्फत सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुगेर दिने, जेष्ठ नागरिकहरुका लागि नगरपालिकाको तर्फबाट पोषण भत्ताको व्यवस्था गर्ने नीति पारित भएको छ ।
ऐतिहासिक साँस्कृतिक शहर शंखरापुर नगरभित्रका जात्रा, पर्वहरु दीर्घकालीन आर्थिक रुपमा सहज ढंगले सञ्चालन गर्नका लागि कोषको व्यवस्था गर्ने, ऐतिहासिक साँखु (सक्व) र तामाङ समुदायको ऐतिहासिक एवं मौलिक बस्तिलाई साँस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्ने, सम्पदा बस्तिमा मापदण्ड अनुसार घर बनाउँनेहरुलाई प्रोत्साहन स्वरुप रु१ लाख दिँदै आएकोमा घरको नक्सा तयार गरेवापत रुं २५ हजार थप गरी रु। १ लाख २५ हजार दिने साथै सम्पदा बस्ति बाहिरको हकमा ‘घ’ बर्गको घर नक्सा नगरपालिकाबाट निःशूल्क बनाईदिने, नगरस्तरीय खेलकुद एकेडेमी सञ्चालन गर्ने, नगरपालिकाभित्र खुला ब्यायामशाला सञ्चालन गर्दै जाने, बिद्यालय स्तरबाटै मार्सल आर्टका खेलाडी उत्पादन गरी शंखरापुर नगरपालिकाका खेलाडीहरुलाई अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादन गर्ने नीति पारित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
यस्तै स्थानीय कच्चा पदार्थबाट सञ्चालन हुने उद्योगहरुलाई अनुदान तालिम तथा अन्य सहुलियत प्रदान गर्ने, गृह श्रमिक, लघु उद्यमी तथा साना व्यवसायीहरु बाट उत्पादित बस्तुहरुको बजारीकरणलाई सहज बनाउन कोसेलीघर स्थापना गरिने, सामुदायिक वनहरुमा आयआर्जनको कार्यक्रमका लागि पब्लिक–प्राइभेट पार्टनरसीपका कार्यक्रम ल्याइने, शंखरापुर नगरपालिकाको समृद्धिको लक्ष्य प्राप्तिको लागि कृषि पर्यटन विभिन्न क्षेत्रको अध्ययन तथा अनुसन्धान गर्ने, शंखरापुर उज्यालो कार्यक्रम अन्र्तगत सबै वडाका मुख्य चोकहरुमा सडक बत्तिको जडान गर्ने, जनघनत्व बढी भएका मुख्य चोकहरुमा सीसीटिभीको व्यवस्था गरी सुरक्षाको प्रत्याभूति दिने, जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने, शंखरापुर नगरपालिकाको अन्तर्राष्ट्रिय शहरसँग भगिनी सम्बन्ध कायम गर्न पहल गर्ने, पर्यटन सुचना केन्द्र स्थापना गर्ने लगायतका नीति पारित भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here