spot_img
Monday, September 16, 2024
Homeबजारव्यवसायीका पिडाको सम्बोधन हुनु पर्छ ःनेपाली कांग्रेस बाँके उपसभापति अधिकारी

व्यवसायीका पिडाको सम्बोधन हुनु पर्छ ःनेपाली कांग्रेस बाँके उपसभापति अधिकारी

spot_img

नेपाल इटा उद्योग व्यवसायी संघ बाँकेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारीले व्यवसायीका पिडाको सम्बोधन हुन पर्ने बताएका छन । संघको २२ औ वार्षिक साधारण सभा तथा ७ औ अधिवेशनकाको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका नेता एवं बाँके नेपाली कांग्रेस उपसभापति अधिकारीले भने,‘अहिलेको परिस्थिति निकै फरक छ ,व्यवसायीक पिडा फरक फरक किसिमका छन,यस्ता समस्या एवं पिडामा मलम लगाउने काम नेपाल सरकार तथा यस अन्तरगतका सरकारहरु हुन,व्यवसायीको पिडालाई सम्बोधन हुने खालका कार्यक्रम ल्याउन जरुरी हुन्छ ।’ उपसभापति अधिकारीले कोभिड–१९ पछिको परिस्थित हेर्दा निर्माण क्षेत्र बन्द रहेको तथा उपभोग समेत घटेको हुदाँ उद्योगीहरुको पिडा धेरै कष्टकर रहेको बताउँदै भने,‘निर्माण बन्द रहेको छ,उपभोग घटेको छ,बैकको व्याज वढेको छ,पिडा सहेर व्यवसायीहरुले काम गर्दा सरकार यसमा बेखवर रहेको छ’ ।सबै प्रकृतिका उद्योगहरुमा एउटै नियम लागु गर्न नहुने बताउँदै उपसभापति अधिकारीले भने,‘अस्वस्थ प्रतिस्पर्धा छ,व्यवसाय घाटैघाटामा संचालन गर्नु परेको छ,जननिर्वाचित जनप्रतिनिधिहरुले समस्या समाधानका लागि सधै कानुनी बाटो मात्रै रोजेर हुदैन कहिलेकाहि व्यवहार समेत हेर्नु पर्दछ,’ । एकतर्फ सरकारलाई समेत राजश्व घटीरहेको छ भने अर्को तर्फ व्यवसायहरुलाई समस्या रहेको यसमा सबै राजनितिक दल समेतले उद्योगका सबै समस्या समाधान गर्न लाग्नु पर्दछ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री बादशाह कुर्मी, संघिय माननिय डा.धवलसमशेर राणा,नेपालगंज उपमहागरपालिका मेयर प्रशान्त विष्ट लगायतले सम्बोधन गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here