नेपालगंजमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रम आयोजनामा १८४ जनाले रक्तदान गरेका छन । विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय संस्था (वी लभ यु)को आयोजनामा नेपालगंजमा विश्वव्यापी रक्तदान अभियान अन्तर्गत यो कार्यक्रमको आयोजना गरीएको हो ।जोखिममा परेको जीवन बचाउने सबैभन्दा सुरक्षित तरीका भनेको कै रक्तदान भएको हुदाँ मानिसको जिवनको उच्च मुल्यांकन गर्दै रक्तदान कार्यक्रम गरीएको आयोजक संस्थाले बताएको छ । संस्थाको २२ औ वर्ष गाठको अवसर पारेर आयोजित कार्यक्रम भेरी बस व्यवसायी प्रा.लि.नेपालगंजको सभा हलमा आयोजित रक्तदान कार्यक्रम नेपालगंज,भिमदत्त,धनगढी,टीकापुर,वीरेन्द्रनगर,कोहलपुर गरि विभिन्न ठाउँबाट इन्टरनेशनल वी लभ यु फाउन्डेसनका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
![](https://madhurkhabar.com/wp-content/uploads/2025/02/ok-7-1024x683.jpeg)
नेपाल रेडक्रसको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेश ,बाँके क्षेत्र नम्बरं २ का माननीय भन्डारी लाल यादव अहिर रहेको थिए भने अतिथिमा नेपालगंज उपमहानगरपालिका वडा नं.४ का वडा अध्यक्ष गोपाल पुन,वडा नं.९ का वडा अध्यक्ष गोविन्द प्रसाद रेग्मी,राष्ट्रिय स्वतन्त्र पार्टिका बाँके जिल्ला अध्यक्ष हरिपाल सिंह के.सी.,नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश उपसंयोजक तथा प्रादेशिक रक्तसंचार बाँकेका संयोजक राज कुमार बर्मा,क्षेत्रिय रक्तसंचार केन्द्र नेपालगंजका प्रमुख उपेन्द्र रेग्मी,रक्तसंचार केन्द्र कोहलपुर शाखाका संयोजक राजेन्द्र महतरा, फाउन्डेन पश्चिम क्षेत्रका प्रतिनिधि अनिल मोक्तान,भिमदत्तका प्रतिनिधि राकेश कायस्ता,टिकापुरका प्रतिनिधि रवि भित्रिकोटी,सुर्खेत प्रतिनिधि मोहन सुनुवार,कोहलपुर प्रतिनिधि गोविन्द बहादुर आले मगर,नेपालगंजका प्रतिनिधि विकास अधिकारी लगायतको सहभागित रहेको थियो ।
![](https://madhurkhabar.com/wp-content/uploads/2025/02/8-1024x683.jpeg)
वी.लभ. यु. युएनडिजिसीसँगको सहकार्य गर्ने एक गैरसरकारी संस्था हो र यसका ७९ वटा देशका करिब १,५५००० जना सदस्यहरु रहेका छन ।वीलभयुले वातावरण संरक्षण ,आपत्कालीन राहत,खानेपानी तथा सरसफाई ,गरिबी तथा भोक उन्मुलन ,स्वास्थ्य तथा कल्याण,सामुदायिक कल्याण ,शैक्षिक सहयोग जस्ता विविध गतिविधिहरु गर्दै आएको छ ।नेपालमा आएको २०७२को शक्तिशाली भुकम्पका समयमा पनि भुकम्प पीडितहरुका लागि विभिन्न राहत कार्यक्रम,रुपन्देहीमा भारी बर्षाबाट प्रभावित परिवारका लागि नयाँ घर निर्माण,कोभिड १९ महामारीको अवस्थामा क्वारेन्टाइन सामग्री अनुदान समेतका कार्यक्रममा वीलभयु सक्रिय रहेको थियो ।वीलभयुले २०८१लाई मध्यनजर गर्दै भक्तपुरको मध्यपुर ठिमी वडा नं.१ मा अवस्थित श्री सरस्वती विद्यालयमा साइनबोर्ड जडान गरीदिनुका साथै पंखाहरु समेत सहयोग गरेको छ भने कोशी प्रदेशको ईटहरीस्थित सेतो गुराँस बालवाटिका प्राथमिक विद्यालयमा खेल मैदान निर्माणका लागि जग्गा खरिद रकम सहयोग गरेको संस्थाले जानकारी दिएको छ ।
![](https://madhurkhabar.com/wp-content/uploads/2025/02/last-1024x683.jpeg)