spot_img
Friday, October 18, 2024
Homeब्यानरवि.योर सेल्फ फाउन्डेसनको भुमि पुजा

वि.योर सेल्फ फाउन्डेसनको भुमि पुजा

spot_img

बाँके नेपालगन्जमा रहेको गौरव स्मृति तथा वि.योर सेल्फ फाउन्डेसन नेपालगन्जले आफ्नो भवन निर्माणका लागि भुमि पुजन गरेको छ । शनिवार तेस्रो गौरव स्मृति दिवसको अवसरमा भुमि पुजन एवं शिलान्यास गरिएको फाउन्डेसनका संरक्षक प्रदिप कुमार साहले जानकारी दिए ।कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रिय सचिव समेत रहेका साहले फाउन्डेसनले विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको बताए । संरक्षक साहले भने,’हामीले शिक्षा र।स्वास्थ क्षेत्रमा विभिन्न कामहरू गर्दै आएका छौ,गौरवको सम्झनामा केही रकम अक्ष्यकोष बनाएर त्यसैबाट कार्यक्रम गर्दै आई रहेका छौ।’ यसैगरी समाजसेवी तथा फाउन्डेसनका लागि जग्गा उपलब्ध गराएका माधवराम बर्माले सामाजिक काममा गौरव स्मृति तथा वियोरसेल्फ फाउन्डेसनले छोटो समयमा उल्लेख्य काम गरेको बताए ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बर्माले भने, ‘संस्था खोल्नु ठुलो विषय होइन तर यसको निरन्तरता ठुलो विषय आउँछ,यो फाउन्डेसनको उज्ज्वल भविष्यको कामना गर्दछु,’। यसैगरी नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रिय सभापति रमेश गुप्ताले सामाजिक क्षेत्रमा क्रियाशील सम्पुर्ण संघसंस्थाहरूले समाजको चेतना स्तर बृद्वि गर्न सहयोग गर्दै आएकोमा धन्यवाद दिदै भने ,’अहिले समाजिक रूपमा समाजमा व्यप्त समस्यालाई समाधानका लागि गौरव स्मृति जस्तो फाउन्डेसनको अति नै महत्त्व रहन्छ,अतः संघसंस्थाहरू समाजको हितको लागि आवश्यक पनि छ’। नेपालगन्ज उपमहानगरपालिका वडा न.६ बस पार्क देखि पुर्वमा गौरव स्मृति तथा वियोरसेल्फ फाउन्डेसनले पाँच धुरमा आफ्नो भवन निर्माणका लागि भुमि पुजन गरेको हो । भुमि पुजन तथा गौरव साहको तेस्रो स्मृति दिवसको अवसर कार्यक्रममा साहु समाज बाँके अध्यक्ष हंसराम साहु,नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशका अध्यक्ष एवं पत्रकार नरेन्द्र थापा,लुम्बिनी प्रदेश ओषधि व्यवसायी संघका अध्यक्ष सुदिप खड्का ,पत्रकार मधु पौडेल ,नेपालगन्ज उपमहानगरपालिका वडा न ४ का वडा सदस्य मो. सलिम मुसलमान ,साहु समाज युवा समाजका अध्यक्ष रामकिसुन साहु,साहु समाजका हरि साहु लगायतले शुभकामना मन्तव्य राखेका थिए। साथै कार्यक्रममा पत्रकार पवन जैसवाललाई १०० पटक सम्म रक्तदान गर्न सफल भएको उपलक्ष्यमा दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो । गौरव स्मृति वियोरसेल्फ फाउन्डेसन अध्यक्ष मधु साहको अध्यक्षतामा भएको स्मृति तथा भुमि पुजन कार्यक्रमको सहजीकरण फाउन्डेसनका उपाध्यक्ष करन साहुले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here