spot_img
Sunday, September 8, 2024
Homeब्यानरविभिन्न हातहतियार सहित पक्राउ तथा भरुवा बन्दुक बरामद

विभिन्न हातहतियार सहित पक्राउ तथा भरुवा बन्दुक बरामद

spot_img

बारा जिल्ला कोल्हवी नगरपालिका-३ सखुहवा जडिबुटीबाट १ थान थ्रिनटथ्री जस्तो देखिने घरेलु हतियार, १ थान भरुवा बन्दुक जस्तो देखिने घरेलु हतियार र ४ राउण्ड गोली सहित २ जना शुक्रबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका–३ बस्ने ५० बर्षीय सुवन्स चौधरी र सोही नगरपालिका–५ बस्ने ४२ बर्षीय दिपेन्द्र चौधरी रहेका छन् । सब डिभिजन बन कार्यालय कोल्हवी र तामागढी बन ब्यवस्थापनबाट खटिएको संयुक्त गस्ती टोलीले उनीहरूलाई उक्त हातहतियार सहित फेला पारी आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कोल्हवीमा बुझाएको हो ।
यसैगरी रुकुम (पूर्व) जिल्ला सिस्ने गाउँपालिका-५ रुमालबारा घट्टेखोलास्थित जंगलबाट १ थान लोड भएको भरुवा बन्दुक शुक्रबार राति प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा भरुवा बन्दुक बेवारिसे अवस्थामा रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here