spot_img
Friday, October 18, 2024
Homeब्यानरविभिन्न स्थानबाट अवैध लागूऔषध बरामद

विभिन्न स्थानबाट अवैध लागूऔषध बरामद

spot_img

काठमाडौं- दक्षिणकाली नगरपालिका-५ स्थित सडकबाट ना.१ ज ४३७१ नम्बरको सुमो गाडीमा लुकाई ल्याएको नियन्त्रित लागूऔषध फेनारगन ४ सय ३८ एम्पुल, डाईजेपाम ४ सय ३९ एम्पुल र नुर्फिन ४ सय ४४ एम्पुल शनिबार साँझ प्रहरीले बरामद गरेको छ । गौरबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त गाडीलाई ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो । प्रहरीले गाडीका चालक र गाडीमा सवार १ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । यसैगरी मोरङ जिल्ला जहदा गाउँपालिका-३ भातिगंजस्थित केराको झ्याङमा वेवारिसे अवस्थामा रहेको करिब ६५ केजी अवैध लागूऔषध शनिबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उक्त लागूऔषध फेला पारी बरामद गरेको हो । साथै सोही स्थानबाट शंकास्पद अवस्थामा रहेको बिआर ३८ जेड ६९२५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यसैगरी कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका-३ बुटावारीस्थित युपि ३१ एपि २२५६ नम्बरको मोटरसाइकलमा वेवारिसे अवस्थामा रहेको करिब २२ केजी १ सय ५० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ शनिबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उक्त पदार्थ फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here