spot_img
Monday, September 16, 2024
Homeब्यानरविभिन्न योजनाहरु तयार गर्दै नेपालगंज–१२को वडाभेला सम्पन्न

विभिन्न योजनाहरु तयार गर्दै नेपालगंज–१२को वडाभेला सम्पन्न

spot_img

बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका–१२ को वडा भेला सम्पन्न भएको छ । विभिन्न योजनाहरु तयार गर्दे नेपालगंज उपमहानगरपालिका वडा नं.१२को वडा भेला सम्पन्न भएको हो ।वडाका वडा अध्यक्ष तरुण कुमार बज्राचार्यको सभापतित्वमा सम्पन्न वडा भेलामा अध्यक्ष बज्राचार्यले वडाले ल्याएका निति तथा कार्यक्रमका बारेमा भेलामा उपस्थित वडा बासीहरुलाई सुनाएका थिए ।वडा अध्यक्ष बज्राचार्यले वडामा सर्वाङगीण विकासका लागि वडा स्तरीय टोल विकास समिति गठन गर्ने,सामुदायिक विद्यालयको स्तर उन्नति गर्ने,वडाका रहेका सबै स्वास्थ्य संस्थाहरुको स्तर उन्नति गर्ने,धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षण तथा त्यसलाई रोजगारी सृजना गर्ने स्थलका रुपमा विकसित गर्ने,शहर भित्रै पर्ने वडा भएको हुदाँ पार्किङको राम्रो व्यवस्था गर्ने लगायतका निति तथा योजनाहरु सर्वाजनिक गरेको थिए ।

वडा भेला कार्यक्रममा नेपाली कांग्रेस प्रदेश २ (ख)का सभापति कैलाश हमाल,वडा नं.१२ का वडा सदस्य शुशिला पन्त ,चन्दा चिडिमार राजकुमार वाल्मिकी,विनोद रस्तोगी, नेपाली कांग्रेस जिल्ला सदस्य अर्मत आचार्य,नेपाली कांग्रेस वडा सभापति रामु चिडिमार,नेकपा एमालेबाट जनकराम भण्डारी,राप्रपाबाट धु्रवराज बर्मा,माओवादीबाट तिरथराम चिडिमार,जसपाबाट मनोज वर्मा,जनमोर्चाबाट माधबा जि.सिर्, ,जेष्ठ नागरीककल्वका अध्यक्ष अजित कुमार शर्मा,आमा समुह अध्यक्ष मिना शर्मा,अपाङगता समुहबाट सुरज थापा,किशोरी संजालबाट सोनी भाट,बाल कल्वबाट मनिषा ओली,बागेश्वरी प्राथमिक विद्यालयका प्राध्यापक सरिता खड्का,वाल्मिकी आधारभुत विद्यालयका प्राध्यापक शुशिला शाह,युनाइटेड एजुकेशसन ऐकेडमीका प्राध्यापक बिकास बज्रचार्य,नेपालगंज–१२का स्वास्थ्य चौकी प्रमुख आरती चौधरी,पंतलजली योग पिठ नेपालका केन्द्रिय सदस्य नरकान्त जोशी,फुलवारी टोल कमिटिका अध्यक्ष रोशन श्रेष्ठ लगायत वडा बासीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजीकरण वडा सचिव दिपेन्द्र श्रेष्ठले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here