spot_img
Monday, September 23, 2024
Homeब्यानरविद्युतय अनियमितबारे ध्यानाकर्षण गराउँदै बाँके कांग्रेस जिल्ला प्रशासनमा

विद्युतय अनियमितबारे ध्यानाकर्षण गराउँदै बाँके कांग्रेस जिल्ला प्रशासनमा

spot_img

पछिल्लो समय बाँकेमा गर्मी अत्याधिक बढेसंगै अनियमित विद्युतले हैरान बनाएको छ ।उच्च तापको राप र विद्युत अनियमितले गर्दा हैरान बनाएको हो ।यसै समस्यालाई ध्यानमा राख्दै नेपाली कांग्रेस बाँकेले जिल्ला प्रशासन बाँकेलाई ध्यानाकर्षण गराएको छ ।नेपाली कांग्रेस बाँकेका पार्टि सभापति नारायण प्रसाद गौडेलको नेतृत्वमा आएको टोलीले जिल्ला प्रशासन कार्यलय बाँकेमा पुगी प्रमुख जिल्ला अधिकारी सुर्यबाहादुर खत्रीलाई ध्यानाकर्षण पत्र बुझाउदै अनियमित विद्युत समस्या समाधानका लागि आग्रह सहितको ध्यानाकर्षण गराएको हो । देशकै सबै भन्दा गर्मी हुने ठाउँमा अघोषित लोडसेडिङ र लो भोल्टेजका कारण आम सर्वसाधारणको दैनिकी नै कष्टकर बनेको भन्दै विद्युत समस्या तत्काल समाधान गर्न प्रमुख जिल्ला अधिकारीले पहल गर्नु पर्ने पार्टि सभापति गौडेलले बताए । ४० बढि डिग्रीको हाराहारीमा रहेको अवस्थामा गर्मीले आक्रान्त बनेको अवस्था घण्टौ बत्ती जाने र बत्ती भएपनि लो भोल्टेजका कारण पंखा समेत नचल्ने अवस्थामा कांग्रेसको यो कदमले विद्युत नियमित गर्नेमा सबैको आशा जागेको छ ।
नागरीकको अधिकार नै कुण्ठित गर्ने गरी सरोकारवाला निकायबाट भैरहेको गैरजिम्मेवारपुर्ण व्यवहारप्रति काँग्रेसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । पटक–पटक वत्ती जाने र आउने कारणले सर्वसाधारण देखि यहाँको व्यपार ,व्यवसायले लाखौको क्षती व्यहोर्नु परेको छ । लो र हाई भोल्टेज भैरहने समस्याले विद्युतिय सामग्रीहरुमा निकै क्षती पुगेको भन्दै सभापति गौडेलले सम्बन्धीत निकाय यस तर्फ गम्भीर हुन आग्रह गरेका छन ।ध्यानाकर्षण पत्रको बारेमा प्रतिक्रिया दिदै बाँके प्रमुख जिल्ला अधिकारी खत्रीले नेपालगंजको विद्युतीय समस्याकाबारेमा आफु गम्भीर रहेको र समास्या समाधानका लागि पहल गर्ने बताए ।पार्टी सभापति गौडेलको नेतृत्वमा काँग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, पार्टी उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधांशु कोइराला, सहसचिव रेणु सिंह ठाकुर, क्षेत्र नं..१ का क्षेत्रीय सभापति पोषण केसी, २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, नेपाली कांग्रेसका नेता ललित कुमार रौनियार लगायत जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here