spot_img
Monday, September 16, 2024
Homeब्यानरविद्यालय प्रांगणमै शिक्षकको हत्या

विद्यालय प्रांगणमै शिक्षकको हत्या

spot_img

दैलेखमा एकजना शिक्षकको विद्यालय प्रांगणमै हत्या भएको छ । जिल्लाको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको हत्या भएको हो ।
दैलेखका प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठले शिक्षक बिसीको शव मंगलबार विहान विद्यालय प्रांगणमै भेटिएको जानकारी दिनु भएको छ । धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्नको आशंकामा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु विद्यालयसँगै जोडिएको पसल सञ्चालक हुन् ।
शिक्षक बिसी २०५६ सालदेखि विद्यालयमा कार्यरत थिए । यता नेपाल शिक्षक संघ कर्णलाी प्रदेशका अध्यक्ष इलम शाहीले शिक्षक विसी लामो समय देखि एक्लै बस्दै आएको जानकारी दिनु भएको छ । प्रदेश अध्यक्ष शाहीले भन्नु भयो ,“अझै पनि शिक्षकहरु सुरक्षा छन भन्न सकिने अवस्था रहेन । दैलेखमा शिक्षकको हत्या हुनुलाई नेपाल शिक्षक संघ बाँकेले दुखत र घृणित कार्य भएको बताएको छ ।हत्यारालाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउनु नेपाल शिक्षक संघ बाँकको माग रहेको नेपाल शिक्षक संघ बाँके अध्यक्ष विरेन्द्र यादवले बताउनु भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here