spot_img
Friday, September 20, 2024
Homeब्यानरविद्यालयमा बन्यजन्तु संरक्षण लगायतको विषयमा कार्यक्रम

विद्यालयमा बन्यजन्तु संरक्षण लगायतको विषयमा कार्यक्रम

spot_img

बाँकेको नेपालंगंजमा रहेको ब्रिटिस स्कुलमा अध्यायनरत विद्यार्थिहरुले सर्प संरक्षण र बाघ संरक्षण तथा बातावरणमा सर्पको योगदान सम्बन्धि जानकारी प्राप्त गरेको छन ।आइतबार विद्यालयमा अध्यायन गर्ने कक्षा ८,९ ,१० र इको क्लवका विद्यार्थीहरुको सहभागितमा उक्त विषयमा जानकारी प्रदान गरीएको हो । वातावरण प्रदुषण तथा वन विकास लगायतका क्रियाकलापले पारिस्थितिक प्रणालीमा सन्तुलन विगारी रहेको अवस्थामा सर्पले वातावराण स्वच्छ राख्नका महत्वपुण भुमिका खेल्ने कुरा सर्प अनुसन्धान कर्ता कमल देवकोटाले सहभागिहरुलाई जानकारी दिए । सर्पले कृषकहरुको बालीनाली खाइदिने मुसाहरुलाई खाएर सहयोग गरीरहेको अवस्थामा सर्पलाई मार्नु भन्दा पनि त्यसर्ला सरक्षण गर्नु पर्ने अनुसन्धानकर्ता देवकोटोका भनाई रहेको थियो ।सर्प पारिस्थ्तििक पद्धति“इकोसिस्टम”को एउटा अभिन्न अंंग भएको भन्दै अनुसन्धानकर्ता देवकोटाले भने,“सर्पले आफ्नो प्राकृतिक वासस्थानमा सुरक्षित महसुस गर्छ र त्यहाँ उसलाई नियमिति जीवनयापनमा सहज हुन्छ ,अप्ठेरोमा परेका सर्प वा अंजिगरलाई समातेर अनावश्यक दुःख दिनु हुदैन ,तयसलाई उद्धार गर्नु पर्छ ” ।यदी कसैको घरमा सर्प पसेको छ भने मट्टितेल वा पेट्रोल प्रयोग गर्नु भन्दा पनि उद्यार टोलीलाई जानकारी दिने वा जिल्ला वन डिभिजनलाई जानकारी दिनु पर्ने अनुसन्धानकर्ता देवकोटाले बताए ।ईको क्लवका अध्यक्ष रमेश ओलीले विद्यालयमा आयोजना गरीने विभिन्न कार्यक्रमले विद्यार्थीहरुर्लाी नयाँ नयाँ ज्ञान हुने भन्दै भने,“सबै सर्प विषालु हुदैन भन्ने जानकरी प्राप्त गर्न सकियो त्यसको लागि आयोजक तथा टिमलाई धन्यावाद छ ।”कार्यक्रममा सर्प अनुसन्धानकर्ता देवकोटा सहित विद्यालयका प्रधानाध्यापक हेमन्त राज काफ्ले समेतको उपस्थिति रहेका थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here