spot_img
Monday, September 16, 2024
Homeबजारविद्यार्थीसँग परिक्षा समिक्षा

विद्यार्थीसँग परिक्षा समिक्षा

spot_img

महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका बाँके राजनिति शास्त्र विभागले पहिलो सेमेस्टरको परिक्षा दिएर सकेका विद्यार्थीहरुसँग परिक्षाको समिक्षा गरेको छ । विभागका विभागीय प्रमुख रुद्र प्रसाद तिमिल्सेनाले विद्यार्थीका जिम्मेवारी तथा कर्तव्यका बारेमा जानकारी तथा अवस्थाका बारेमा समिक्षा गरेका थिए । समिक्षालाई सम्बोधन गर्दै विभागीय प्रमुख तिमिल्सेनाले सम्बोधनका क्रममा भने,‘राजनिति शास्त्र विभागले विद्यार्थीको पढाईमा सहयोग मिल्ने किसिमका सबै पाठ्यसामाग्रीहरुलाई भरपुर रुपमा प्रयोगमा ल्याउनु पर्ने हुन्छ,कतिले लिनु भयो कतिले लिनु भएन ’।कार्यक्रमलाई सम्बोधन गर्दै विभागीय प्रमुख तिमिल्सेनाले डिग्री तहमा पढ्ने हरेक विद्यार्थीहरुका फरक खाले जिम्मेवारी हुने हुदाँ पढाईमा केही समस्या आउने गरेको हुदाँ परिक्षाको अवधीभर शुद्ध विद्यार्थी बन्न खोसिस गर्नु पर्ने बताए ।पढाई सामाग्री एवं बिद्यार्थीले गर्नु पर्ने आफ्ना जिम्मेवारीहरुलाई अधितम सम्पन्न गरेका अवस्थामा विभागले गर्नु पर्ने सम्पुर्ण जिम्मेवारीलााई विद्यार्थीमैत्री बनाउने समेत समिक्षामा छलफल भएको थियो । समिक्षामा उपस्थित विद्यार्थीहरुले शिक्षणको माध्यम लगायतका विषयमा आफ्ना भनाई राखेको थिए ।

राजनितिशास्त्र विषयका पहिलो सेमेस्टरका विद्यार्थीसँगको समुहगत तस्विर

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here