spot_img
Monday, September 16, 2024
Homeबजारवर्षेनी वढ्दै छ रगतको माग,३९ औ वार्षित्सवमा रक्तदान कार्यक्रम

वर्षेनी वढ्दै छ रगतको माग,३९ औ वार्षित्सवमा रक्तदान कार्यक्रम

spot_img

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ नेपालगंज ईकाई समितिले आफ्नो ३९ औ वार्षित्सव रक्तदान कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ लुम्बिनी प्रदेश समिति अध्यक्ष दुर्गा प्रसाद जैसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष जैसीले विद्युतमा काम गर्ने कर्मचारीहरुले दिनरात नभनी विद्युतको काम गर्दा हुने घट्नामा आवश्यक हुने रगतको अभाव नहोस र बाँके उपचारको मुख्य केन्द्र भएको हुदाँ यहाँ रगतको माग सधै बढ्ने गरेको हुदाँ वार्षिकोत्सवको होस अथवा अन्य अवसर रक्तदान कार्यक्रमको विशेष महत्व रहने बताए ।कर्मचारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष जैसीेले भने,“बाँकेमा उसै त रगत अभाव भएको भन्ने खबर सधै सुन्ने गर्दछौ,त्यसमा पनि विद्युत प्राधिकरणमा काम गर्ने हामी कर्मचारीहरु धेरै जोखिम मोलेर तारमा काम गर्नु पर्ने हुन्छ अतः यस्ता कार्यक्रमले विद्युतका कर्मचारीहरुलाई रगतको अभाव नहोस भन्ने मनसाय पनि हो ।”
यसैगरी भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहले अस्पतालमा आउने विरामीहरुका लागि रगतको अभाव हुन नदिने विषयमा आफु निकै संवेदनशील रहेका बताउँदै भने,“भेरी अस्पताल मध्ये र पश्चिम क्षेत्रको सरकारी अस्पताल हो,हामीले अस्पतालले प्रदान गर्ने सेवा सुविधाई बढाउँदै आएका छौ,रगतको अभाव नहोस भन्ने विषयलाई हामीले रक्तसंचार केन्द्रसँग सधै समन्वय गर्दै आएका छौ ।”
वार्षित्सवको उपलक्ष्यमा कर्मचारी संघ नेपालगज ईकाई समितिद्धारा आयोजना गरीएको रक्त्तदान कार्यक्रमको प्रशंन्सा गर्दै रक्तसंचारकेन्द्र लुम्बिनी प्रदेश नेपालगंजका प्रमुख उपेन्द्र रेग्मीले बताए ।नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ नेपालगंज इकाई समितिले आयोजना गरेको कार्यक्रममा प्राविधिक सहयोग गर्न पुगेका रक्त संचारकेन्द्रका प्रमुख रेग्मीले भने,“संचारकेन्द्रमा प्रत्येक वर्ष रगतको माग बढ्दै गएको छ,मध्ये र पश्चिम जिल्ला करीब २४/२५ जिल्लाका मानिसहरु आउने हुन्छ,जतिपनि रगत संकलन गरे पनि अभाव भएको देखिन्छ,तीन स्थानबाट हामीले रगत संकलन गर्ने गरेको छौ,नेपालगंज,कोहलपुर र खजुरा ,जसरी नेपाल विद्युत प्राधिकरणले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ,अन्य संघसंस्थाबाट पनि हुनु गरेको भएता पनि अभाव नै देखिन्छ ” ।यसैगरी प्रमुख रेग्मीले आर्थिक वर्ष ८०/८१मा १९ हजार नौ सय ९३ युनिट वितरण गरेको र अघिल्लो आर्थिक वर्षमा करीब १६ हजार बढि युनिट वितरण गरेको हुदाँ रगतको माग प्रत्येक वर्ष वढ्दै गएको बताए ।
कार्यक्रममा नेपाल टे«ड युनियन कांग्रेस बाँकेका कार्यवाहक अध्यक्ष तोजेन्द्र विकले रक्तदान महत्वपुर्ण र आवश्यक कर्म भएको हुदाँ यसमा सबैको सहयोग हुन जरुरी रहेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगंजका प्रकाश भुषाल,नेपालगंज वितरण केन्द्रका निमित्त प्रमुख बुद्धिसागर भुषाल,कोहलपुर ग्रीड शाखाका प्रमुख उपेन्द्र श्रेष्ठ ,लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा रक्त संचार केन्द्रका रेग्मी लगायतका सम्मान समेत गरीएको ।नेपाल विद्युत प्राधिकरण कर्मचारीसंघ नेपालगंज ईकाई समितिका उपाध्यक्ष महेश चौधरीको अध्यक्षतामा सम्पन्नभएको कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ लुम्बिनी प्रदेश सहसचिव भाईराजा श्रीवास्तवले स्वागत मन्तव्य राखेका थिए । यस्तै आयोजित रक्तदान कार्यक्रममा १३२ युनिट रगत संकलन भएको नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ नेपालगंजका ईकाई समितिका सचिव नविन अधिकारीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here