spot_img
Monday, September 16, 2024
Homeब्यानरवर्तमान सरकार अबैध छः नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

वर्तमान सरकार अबैध छः नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

spot_img

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले वर्तमान सरकार अबैध भएको बताएका छन । आईतबार देखी नेपालगंजमा हुने २ दिने लुम्बिनी प्रदेश परामर्श समितिको बैठकलाई सम्बोधन गर्न शनिबार नेपालगंज आईपुगेका प्रचण्डले आइतबार पत्रकार भेटघाट कार्यक्रममा यसो भनेको हुन ।प्रेस सेन्टर नेपाल बाँके शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वमा रहँदा संकटमा परेको देशको अर्थतन्त्रलाई माथि उकास्ने काम गरेको र भ्रष्टचारलाई नियन्त्रण गरेको दावि गर्दे भ्रष्टलाई बचाउनका निम्ति वर्तमान गठबन्धन सरकार बनेको प्रतिक्रिया दिए ।
एक फरक प्रसङमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टिको नेतृत्वमा आफु बसिरहन नखोजेको स्पष्ट पार्दै यसका निम्ति पार्टिभित्र बहस र छलफल भइरहेको बताए ।शनिबार सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय परामर्श समितिको बैठक सकेर अध्यक्ष प्रचण्ड शनिबार नै नेपालगंजमा आइपुगेका हुन । आइतबार विहान नेपालगंज रंगशाला अवलोकनपछि उनले नेपालगंज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपुर्ण हुने बताए ।
आइतबारदेखी बाँकेको नेपालगंजमा हुने २ दिने लुम्बिनी प्रदेश परार्मश समितिको बैठकमा भाग लिन अध्यक्ष प्रचण्ड सहित माओवादी केन्द्रका पदाधिकारी सहितका केन्द्रिय नेताहरु नेपालगंजमा आएका छन । अध्यक्ष प्रचण्ड सहितको टोलीमा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,उपाध्यक्ष अग्नि प्रसाद सापकोटा ,महासचिव देव गुरुङ,उपमहासचिव वर्षमान पुन,पम्फा भुसाल,जनार्दन शर्मा,गिरिराजमणी पोखेल,शक्ति बस्नेत,मात्रिका यादव,हरिबोल गजुरेल,सचिव चक्रपाणी खनाल लगायत रहेका छन ।प्रदेश परामर्श समितिको बैठकमा लुम्बिनीबाट प्रतिनिधित्व गर्ने एकसय १० केन्द्रिय सदस्य र लुम्बिनी प्रदेश समितिका ११ जना पदाधिकारीको सहभागिता रहने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here