नेपाली कांग्रेस बाँकेका नेता तथा लुम्बिनी प्रदेशका नवनियुक्त वन तथा भु–संरक्षण मन्त्री सुरेन्द्र हमाललाई बाँके कांग्रस कार्यक्रता तथा शुभचिन्तकद्धारा भव्य स्वागत गरीएको छ ।मन्त्री बनेपछि पहिलो पटक आफ्नो गृह जिल्ला पुगेका मन्त्री हमाललाई सोमबार बाँकेमा स्वागत गरीएको हो । कोहलपुर लखनामा भएका स्वागत कार्यक्रममा बोल्दै मन्त्री हमालले आफु बन मन्त्री बन्दै गर्दा मन्त्री भन्दा पनि बाँके बासीको रुपमा हेरी दिन कार्याकर्तालाई आग्रह गरेको थिए । बन मंन्त्री हमालले भने,“म मन्त्री भन्दा पनि यहाँहरुको दाई भाईको सम्बन्धले चिनिन चाहान्छु,” ।
मन्त्री हमालले निर्वाचनलाई लक्षीत गर्दे नेपाली कांग्रेस सेवकको रुपमा रहेको पार्टि भएको हुदाँ इमान्दारी पुर्वक जनताको मनजित्ने काम गर्नु पर्ने बताए । उनले आफु मन्त्री भए पनि नभए पनि जनताको चासो र इच्छाका विषयलाई आत्मसाथ गरेर आगडी बढ्ने बताए ।
मन्त्री हमालले नेपाली कांग्रेसका नेता तथा कार्याकर्ताहरुको मनोबल उच्च पार्दै कुनै पनि नेपाली कांग्रेसको शुभचिन्तकले एक्लो महसुस नगर्न पनि आग्रह गरेका छन ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति फुलाराम थारु,नेपाली कांग्रेस नगर सभापति प्रशान्त विष्ट,तरुण दल बाके सचिव विनोद रिजाल,जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
प्रदेश मन्त्री बनेपछि पहिलो पटक बाँके आएका मन्त्री हमालले कोहपुर–७ मा रहेको मरी माता,बाँकेको नेपालगंजमा रहेको बागेश्वरी मंन्दीरको दर्शन तथा बाँकेका विभिन्न स्थानहरुमा कार्याकर्ताहरुसंगको भेटघाटको कार्यक्रम राखिएको नेपाली कांग्रेस जिल्ला उपसभापति फुलाराम थारुले जानकारी दिए ।