spot_img
Friday, September 20, 2024
Homeब्यानरवडा नं.१२मा जेष्ठ नागरीकलाई सम्मान

वडा नं.१२मा जेष्ठ नागरीकलाई सम्मान

spot_img

आज जेष्ठ नागरदिवस,बाँके नेपालगंज उपमहानगरपालिका–१२मा रहेको वडा स्तरीय जेष्ठ नागरीक क्लवले जेष्ठ नागरीकहरुलाई सम्मान गरी जेष्ठ नागरीक दिवस मनाएको छ । वडा–१२ को वडा कार्यालयको भवनमा गरीएको सम्मान कार्यक्रममा बोल्दै नेपालगंज उपमहानगरपालिका–१२का वडाअध्यक्ष बुद्धिसागर सुवेदीले जेष्ठ नागरीकहरुको लागि वडामा जेष्ठ नागरीक भवन बनाउने योजना रहेको बताउनु भयो । वडाअध्यक्ष सुवेदीले भन्नु भयो,“अहिलेको व्यस्त जीवनमा जेष्ठ नागरीकहरु स्वतन्त्र रुपमा बाच्न पाउने अधिकारलाई सम्मान गर्नु पर्दछ,जेष्ठ नागरीक मैत्री भवन अहिले वडाको आवश्यकता पनी हो ।” अध्यक्ष सुवेदीले जेष्ठ नागरीकलाई मरोञ्जन ,भजन कृतन लगायतको सुविधा सहितको भवन निर्माण गर्ने आफ्नो योजना रहेको बताउनु भयो ।कार्यक्रमको सहजीकरण गर्दै वडा स्तरीय जेष्ठ नागरीक क्लवका सचिव जनकराम भण्डारीले जेष्ठ नागरीकहरुको सम्मानको लागि आयोजित कार्यक्रममा जेष्ष्ठ नागरीक सुरेन्द्र जंग शाह,चन्द्रकला शर्मालाई खादा र अविर लगाई दिएर सम्मान गरीएको बताउनु भयो ।कार्यक्रम जेष्ठ नागरीक क्लव वडा नं.१२ का अध्यक्ष डम्वरराज सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here