spot_img
Tuesday, October 22, 2024
Homeब्यानरवडाले राख्यो मन्त्री हमाल सामु ६ बुदे माग

वडाले राख्यो मन्त्री हमाल सामु ६ बुदे माग

spot_img

बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नं.१२ ले नेपाली कांग्रेस बाँकेका नेता तथा लुम्बिनी प्रदेशका नव नियुक्त वन तथा भु–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमाल मार्फत वडाका योजना सहित विहिवार एक कार्यक्रमका विच ६ बुदे माग राखेको छ । वडाका वडा अध्यक्ष बुद्धि सागर सुवेदीले वडा नं.१२ ले मन्त्री पाएकोमा बधाई दिदै वडाको विकास तथा विभिन्न योजना सहितको ६ बुदे माग राखेका हुन । मागहरुको संवोधनका लागि अनुरोध गर्दे वडा अध्यक्ष सुवेदीले मागहरु मन्त्री हमाल सामु वाचन गरेका थिए ।

वडाका मागहरु पढेर सुनाउँदै नेपालगंज उपमहानगरपालिका वडा नं.१२ का वडा अध्यक्ष बुद्धि सागर सुवेदी

वडाले वडाको मरघटिया ताल नामक सरकारी जमिनमा चिल्ड्रन पार्क निर्माणका लागि पहल,स्थानिय प्रकाश राजाको घर देखि भाईराजा मार्ग हुदै बेलापुर हुसेनी नाउँको घर सम्म पक्की नाली र कालो पत्रे बाटो निर्माण ,वडा नं.१२ को वडा कार्यालय देखि बागेश्वरी आधारभुत विद्यालय सम्म पक्की नाली सहित कालोपत्रे सडक निर्माणका लागि पहल,बेलापुर कमर्साबाबाको चोक देखि पश्चिम ८०० मिटर प्रेम आनन्द नगर सम्म पक्की नाली र कालो पत्रे सडक निर्माण योजना, कोरियनपुर डाक्टर रमेश श्रेष्ठको घरदेखि दक्षिण र पश्चिममा कालोपत्रे सडक निमार्ण,र वडाका विभिन्न सडक पेटीहरुमा बृक्षारोपण योजना लगायको मागहरु राखिएको थियो ।माग प्रति प्रतिक्रिया दिदै मन्त्री हमालले आफु हुर्केको ठाउँ भएको हुदाँ कुनै पनि योजना प्रति सहयोग हुने प्रतिवद्धता जनाए । साथै मन्त्री हमाल प्रदेश संसद हुदाँ देखि नै वडा नं.१२ लाई सहयोग गर्दै आएका हुन । संसद हुदा वखत उनले वेलासपुर कृषि स्मार्ट गाउँलाई साढे चार करोडको योजना लगायत बाटो निर्माण देखि लिएर अन्य विकास निमार्णका काममा सहयोग गर्दै आएका हुन । मन्त्री हमालले आफु मन्त्री भन्दा पनि भाई दाईको सम्बन्धमा बस्न रुचाउने हुदाँ त्यही अनुरुप लिन पनि वडा बासीलाई बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here