पछिल्लो समय धार्मिक कार्य होस अथवा अन्य कार्यक्रम मनोरञ्जनको लागि आधुनिक संगित बजाउने गर्दा नेपाली लोक बाजहरु हराउँदै गएको पाइएको छ । तर यसरी लोप हुदै जान लागेको पञ्चेबाजाको संरक्षणका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकाका विद्यालयले विद्यालय मै विद्यार्थीलाई यस सम्वन्धी शिक्षा दिई संरक्षण गर्दै आएको पाइएको छ । नेपाली समाजमा पुजाआजा तथा विवाहमा बजाइने गरीएको पञ्चेबाजा पछिल्लो समय कही कतै मात्र देख्न सकिन्छ ।पुरुषले मात्रै बजाउँदै आइरहेको पञ्चेबाजामा नयाँ पुस्ताको आकर्षण पनि घट्दो देखिन्छ ।आधुनिक संगितमा रमाउन चहाने नयाँ पुस्ताका लागि पंञ्चेबाजाको महत्वमा कमी हुदै गएको पाइन्छ ।पंञ्चेबाजाको लोकप्रियतामा कमी हुदै गएता पनि यसको महत्व भने समाजमा उच्च रहेको छ ।मौलिक बाजालाई बचाउन उल्लेख्य पहल नभै रहेको अवस्थामा बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–८ बालापुर जनशक्ति माध्यामिक विद्यालयका विद्यार्थी भने यसमा रमाउने गरेका छन ।

विद्यार्थीहरु पंञ्चेबाजा बजाउनका लागि विद्यालयमा पञ्चेबाजा बजाउन सिकिरहेका बाँके राप्ती सोनारी गाउँपालका बालापुर जनशक्ति माध्यामिक विद्यालयकी विद्यार्थी विन्दीरा गौतम बताउँछिन । यसैगरी पच्चेबाजाको मौलिकतालाई जोगाई राख्न विद्यार्थीहरुलाई विद्यालयले पञ्चेबाजा बजाउँन सिकाई रहेको छ । विद्यालयमा शिक्षाको साथै अन्य क्रियाकलापको लागि विद्यार्थीलाई पञ्चेबाजा बजाउन सिकाउँदै आएको शिक्षक मोहन गौतम बताउँछन ।स्थानिय स्तरमा पञ्चेबाजा बजाउन जानेको कोही पनि नभएको पुजाआजा गर्दा आधुनिक बाजाामा भर पर्नु परेको हुदाँ पञ्चेबाजालाई अझै महत्वका साथ लैजानु पर्ने राप्ती सोनारी गाउँपालिका–८का स्थानिय राकेश वली बताउँछन ।यता गाउँपालिकाले भने पञ्चे बाजा लगायतका मौलिक सस्कृति झल्काउने बाजाहरुको संरक्षणका लागि बजेट लगायतको सहयोग गर्दै आएको राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्री बताउँछिन ।पञ्चेबाजालाई संरक्षण तथा यसको विकासका लागि गाउँपालिकाले स्थानिय स्तरमा हुने सबै खाले कार्याक्रममा पञ्चेबाजाको प्रयोग गरीने भएको छ ।











