spot_img
Friday, October 18, 2024
Homeबजारलोकतान्त्रिक समावेशी व्यवसायीको प्रचारप्रसार तीव्र

लोकतान्त्रिक समावेशी व्यवसायीको प्रचारप्रसार तीव्र

spot_img

कोहलपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै गर्दा लोकतान्त्रिक समावेशी व्यवसायीहरूको प्रचारप्रसारले तीव्रता दिएको छ । अध्यक्ष पदका उम्मेदवार प्रदिप भट्टराईले कोहलपुर नगरपालिका वडा नं। ८ र ९ मा व्यापक प्रचारप्रसार अभियान चलाएका छन् ।
भट्टराईले आफ्नो उम्मेदवारी घोषणा गरेसँगै स्थानीय व्यवसायीहरूमा उत्साह छाएको छ । उनले संघको नेतृत्वमा पुगेर व्यवसायीहरूका समस्या समाधान गर्ने, संघलाई थप सशक्त बनाउने र कोहलपुरको व्यापारिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।
उने भने “मैले कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिएको छु । मेरो उद्देश्य संघलाई व्यवसायीमैत्री बनाउनु हो । मैले व्यवसायीहरूका समस्यालाई नजिकबाट नियालेको छु र ती समस्या समाधान गर्नका लागि विभिन्न योजनाहरू ल्याएको छु । मलाई विश्वास छ कि मेरो नेतृत्वमा संघले नयाँ उचाइ प्राप्त गर्नेछ ।’’
भट्टराईले आफ्नो प्रचारप्रसार अभियानलाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन् । उनले स्थानीय व्यवसायीहरूसँग भेटघाट गर्ने, अन्तरक्रिया गर्ने र आफ्ना योजनाहरूबारे जानकारी गराउने गरेका छन् । साथै, उनले सामाजिक सञ्जाललगायतका विभिन्न माध्यमबाट पनि आफ्नो प्रचारप्रसार गरिरहेका छन् । उनले आफ्नो लामो अनुभव र व्यवसायिक ज्ञानलाई संघको सेवामा समर्पित गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
यसैबिच, चन्डी प्रसाद गैरे वरिष्ठ उपाध्यक्ष, हरिसरण केसी उद्योग उपाध्यक्ष, राकेश विष्ट वस्तुगत उपाध्यक्ष, दिपक बहादुर भण्डारी महासचिव, भूमिराज कडेल कोषाध्यक्ष, र उपमहासचिवको रूपमा राजन कुमार पौडेल चयन भएका छन् । देविलाल सुनार सह कोषाध्यक्षको रूपमा समावेश भएका छन् ।
सदस्यहरूमा सूचीमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, अशोक गौडेल, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, र गिरीधारी शर्मा, राजेन्द्र प्रसाद रिजाल एशोसियट सदस्य रहेका छन् । महिला सदस्यको रूपमा शितल योगी अधिकारी र ममता थापा पनि मनोनयनमा समावेश भएकी छन् ।
कोहलपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा कसले जित्ने हो भन्ने चासो सबैतिर छ । भट्टराईको व्यापक प्रचारप्रसार अभियानले उनको जितको सम्भावनालाई बलियो बनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here