spot_img
Friday, December 5, 2025
Homeखेलकुदलोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेश अध्यक्षमा थापा

लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेश अध्यक्षमा थापा

spot_img

नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा मंगलबार बाँकेको नेपालगंजमा सम्पन्न भएको छ । अधिवेशनले नरेन्द्र थापालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । यसैगरी उपाध्यक्षमा सन्तोष ओली,सचिवमा मनमोहन लम्साल, सहसचिवमा क्रमशःखुबीराम चौधरी,पुजा शर्मा,दिनेश साहनी,खिम बहादुर सोमेथापा,कोषाध्यक्षमा मनोज भण्डारी रहेका छन ।त्यसैगरी सदस्यहरुमा इश्वरि भण्डारी, मिना खनाल, पूर्णप्रसाद डाँगी, मनोहर बटाला, लक्ष्मण धर्ति, चक्र मीलाल क्षेत्री, सीमा तामाङ, बिष्णु माया कमाल, सरस्वती जी।सी।, मदनप्रसाद वर्मा, नारायण राना मगर, अन्जना बुढा मगर, खुमबहादुर धर्ति मगर, चेतना बुढा मगर, धनश्याम थापा, सागर सोमे, सत्य मुनि शाक्य, नारायण जी।सी। र अनिल धर्ति मगर निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन सत्रमा वक्ताहरूले खेलकुदलाई सशक्त माध्यमका रूपमा विकास गर्नुपर्ने, खेलाडीको हक अधिकार संरक्षण र खेल क्षेत्रलाई संस्थागत बनाउन संघले अग्रसर भूमिका खेल्ने प्रतिवद्धत गरेका छन । समितिमा ९ जनालाई पछि मनोनित गरिनेछ ।

अधिवेशन उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथी एवम् नेपाल लोकतान्त्रिक खेलकुद संघका निर्वाचन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेत, कांग्रेसका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजिव विक्रम शाह, कांग्रेस केन्द्रीय सदस्य, खेलकुद विभाग प्रमुख एवम् निर्वाचन निर्देशन समितिका सदस्य उमेशजंग रायमाझी, पार्टीका केन्द्रीय सदस्य एवम् निर्वाचन निर्देशन समितिका सदस्य गणेश लामा, नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य देवेन्द्र शेरचन, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, लुम्बिनी प्रदेशका पुर्वमन्त्री समेत रहेका ओलम्पियन सुरेन्द्र हमालले सम्बोधन गरेका थिए । उद्घाटन कार्यक्रममा ओलम्पियन हमाल र पार्वती थापालाई सम्मान गरिएको थियो ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here