प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विभिन्न कार्यक्रम गरी लैगिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वसँगै नेपालमा पनि मनाउँदै आइएको छ । यसरी अभियानका रुपमा लैगिक हिंसा विरुद्धका १६ दिने अभियान लगायत अन्य अभियान हुदै गरेता पनि बाँकेमा लैगिक हिंसा विरुद्धको स्थितमा केही कमी आएको देखिदैन ।
खुलेआम होस या लुकिछिपी हरेक कोणमा लैगिक हिंसा हुने गरेको पाइन्छ ।जिल्ला प्रहरी कार्यालय बाँकेको बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्रको त्रिवर्षिय अपराध तालिका अनुसार २०७६/०७७ घरेलु हिंसाको उजुरी संख्या ५सय अठार रहेको थियो ।यस्तै २०७७/०७८ मा उजुरी संख्या बढेर सात सय ३८ पुगेको थियो भने २०७८/०७९मा घरेलु हिंसामा उजुरी संख्या दुई सय वयासी रहेको थियो । यस्तै हराएका महिला तथा बालबालिकाको विवरणलाई हेर्दा आर्थिक वर्ष २०७६÷०७७ मा निवेदन संख्या तीन सय एघार जसमा महिला एक सय ७४ ,बालक ४६ ,बालिका ८४,जेष्ठ नागरीक ७ रहेको थियो । यसैगरी २०७७/०७८ मा तीन सय ४८ निवेदन दिनेको संख्या रहेको थियो जसमा एक सय ८६ महिला,३५ बालक,एक सय बाह्र बालिका,जेष्ठ नागरीक १५ जना रहेको थियो जसमध्ये २८६ जना फेला परेका थिए भने ६२ जना फेला नपरेको थियो ।यस्तै आव २०७८/०७९ असार मसान्त सम्मको निवेदन संख्या ८९ जस मध्ये महिला ५९,बालक ९,बालिका २०,जेष्ठ नागरीक एक रहेका थिए फेला परेको संख्या ३४ छ भने ५५ जना अझै हराई रहेको छन ।यस्तै आपतकालिन अवस्थामा फेलापारी उद्धार गरिएका महिला बालबालिका तथा जेष्ठ नागरीकमा २०७६/२०७७मा उद्धार संख्या ५८,महिला ७,बालक ३१,बालिका १७ र जेष्ठ नागरीक ३ ,२०७७/२०७८ मा उद्धार संख्या १०६ रहेकोमा महिला संख्या ४७ ,बालक २८ ,बालिका २९ र जेष्ठ नागरिक २,यसैगरी २०७८/०७९आवमा उद्धार संख्या १७ जसमा महिला ५जना रहेको छन । यसैगरी सामाजिक हिंसामा ठाडो उजुरीमा आर्थिक वर्ष २०७६/२०७७मा उजुरी संख्या २०१ जसको फच्याट गरीएको बताईको छ ।यसैगरी २०७७/२०७८मा उजुरी संख्या १३७ जसमा फच्याट ५२ जना भयो भने बाँकी संख्या ८५ रहेको छ त्यसैगरी आव २०७८/०७९ उजुरी संख्या ३७ रहेको छ भने फच्र्याट संख्या २३ रहेको छ भने बाँकी संख्या ३२ रहेको छ ।यसरी लैगिक हिंसाको अभियानलाई विशेष गरी शहर केन्द्रित हुने तथा जो पिडित छ त्यस्ताको आवाजहरु सम्वन्धीत ठाउँमा नपुगी रहेको देखिन्छ ।यसरी शहर केन्द्रित केही गुप्रले लैगिंक हिंसाको बारेमा वकालत गर्दै गर्दा वास्तविकता भन्दा फरक देखिने गरेको छ ।वर्षो देखि लैगिक हिंसा विरुद्धका अभियानहरु संचालनमा आउँदै गर्दा समाजमा हुने तथा देखिने गरेको लैगिक हिंसाको तथ्याङकमा कमी आउन नसक्दा अभियान अभियान मै सिमित भएको देखिन्छ भने उपलब्धि शुन्य जस्तै रहेको छ ।यसरी लैगिक हिंसाका घटनाहरु बढ्दै गएका पनि सरोकार निकायले आफ्नो पक्षबाट गर्नु पर्ने दायित्व निर्वाह गरेको जस्तो देखिन्छ ।बाँके नेपालगंज उपमहानगरपालिकाले पनि १६ दिने अभियानलाई विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ जसमा रेडियो संवाद,विद्यालय स्तरिय सचेतना कार्यक्रम,लैगिंक हिंसाको अवस्था चुनौती,तथ्यांक विश्लेषण एवं भावी कार्ययोजना ,सेतो रिवन वितरण लगायतका थुपै्र कार्यक्रमहरु गर्ने जनाएका छ ।
00