spot_img
Monday, September 16, 2024
Homeब्यानरलुम्बिनी प्रदेश मुख्य मन्त्रीद्धारा प्राध्यापकहरु अपमानित

लुम्बिनी प्रदेश मुख्य मन्त्रीद्धारा प्राध्यापकहरु अपमानित

spot_img

लुम्बिनी प्रदेश अन्र्तगत रहेका पब्लिक क्याम्पसहरुको समस्या बोकेर लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुलप्रसाद केसीलाई भेट्न गएका प्राध्यापकहरु उल्टो अपमानित हुनु परेको छ । शुक्रबार लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा छरिएका करिब ८५ पब्लिक क्याम्पसहरुको प्रतिनिधित्व हुने गरी लुम्बिनी प्रदेश पब्लिक क्याम्पस संघ लगायतको केन्द्रिय टोलीलाई मुख्य मन्त्री रेग्मीले ६ घण्टा कुराएर टोलीलाई सम्बोधनै नगरी हिडेको पब्लिक क्याम्पस संघका केन्द्रिय अध्यक्ष गोपाल पाण्डेले जानकारी दिएका छन ।यसैगरी लुम्बिनी प्रदेश पब्लिक क्याम्पसका अध्यक्ष यदुनाथ पन्थी लगायतको टोली आफ्ना समस्याहरु लिएर जादाँ जस्ले सम्बन्धन दिएको हो उसैलाई गएर भन्नु भनेर गैरजिम्मेवारी जवाफ दिएको बताए । “तपाईहरुले मलाई पढाउनु पर्दैन,यस्ता कुराहरु नगर्नु सबै हामीलाई थाहा छ ,जस्ले सम्बन्धन दिएको संग गएर भन्नु भनेर आफुहरुलाई भनेको टोलीसगै गएका महेन्द्र बहुमुखी क्याम्पसका शिक्षा सहायक संकायका प्रमुख डा.इन्द्र बहादुर भण्डारीले बताए। लुम्बिनी प्रदेशका पब्लिक क्याम्पसको प्रतिनिधित्व गर्दै ईश्वरी रिजाल,रुद्र खड्का लगायतको टिम समेत सहभागि रहेको थियो ।मुख्य मन्त्री रेग्मीले संविधान प्रदक कर्तव्यको पालन नगरेको मुख्य मन्त्री भेट्न गएका सहभागिहरुले बताए ।उनीहरु भन्छन संविधानमा पब्लिक क्याम्पसहरु मुख्य प्रदेश मन्त्रालयको मताहतमा रहने र यसको जिम्मेवारी समेत मुख्य मन्त्रालयको रहने व्यवस्था छ हामीहरु निरास भएर फर्कनु प¥यो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here