लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेले लुम्बिनी प्रदेशलाई समृद्ध बनाउनका निम्ति पुर्वमा नारायणी देखि पश्चिममा महाकालीसम्मलाई समेटेर लैजानु पर्ने धारणा राखेकी छन ।संसदको अधिवेशनमा लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण हुनुपर्नेमा सांसद काफ्लेको जोड रहेको थियो ।संघिय शासन प्रणालीमा मधेश आन्दोलनको महत्वपुर्ण भुमिका रहको बताउँदै सांसद काफ्लेले लुम्बिनी प्रदेशको समुदायका लागि समानुपातिक आरक्ष्ण र नागरिकता विधेयक पारितका हुनु पर्ने विषय समेत उठान गरेकी थिइन ।सांसद काफ्लेले संघियताका लागि वलिदान दिएका शहिदको सम्झनामा माघ ५ गेत प्रदेश सरकारले बलिदानी दिवस मनाउन पर्नेमा अहिलेसम्म यसो हुन नसकेकोमा दुख व्यक्त गर्दै आगामी दिनमा बलिदानी दिवस मनाउन समेत प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका बताईन।