spot_img
Monday, September 16, 2024
Homeबजारलागुऔषध दुर्व्यसनीको कुलतलाई कम गर्न पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने

लागुऔषध दुर्व्यसनीको कुलतलाई कम गर्न पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने

spot_img

इतिहासको संरक्षण र संर्वद्धन गर्ने थलो पुस्तकालय भएकाले सूचना प्रविधिको व्यापकतासँगै विद्युतीय पुस्तकालयसम्मको अवधारणालाई कार्यान्वयनमा लानु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएकाछन् ।
१७ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा बाँकेको कोहलपुरमा आयोजित लागुपदार्थ दुव्र्यसनी विरुद्धको बृहत र्‍यालीको समापन समारोहमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
ज्ञानको अपार भण्डारण रहेको पुस्तकालयको उपयोगिता र यसप्रतिको महत्वलाई विकास गर्न सके पुस्तौँ पुस्ताका लागि पुस्तकालय लाभदायि हुने उनीहरुको भनाईछ ।
समाजमा ब्याप्त लागुऔषध दुव्र्यसनीको कुलतलाई कम गर्न पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसप्रति किशोरकिशोरीलाई आर्कषित गराउन पढ्ने बानीको विकास गराउनतर्फ लाग्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले जोड दिए ।
पछिल्ला समय हाम्रा बालबालिका फुर्सदमा कुलतमा फस्दै गएकाछन् । उनीहरु अनुत्पादक क्षेत्रमा आफूलाई ब्यस्त बनाइरहेकाछन्’ कुर्मीले अगाडी थपे–‘आफूलाई दक्ष र सक्षम बनाउन घरदेखि नै पुस्तकप्रतिको मोहको विकास गराउन अभिभावक स्वयम लाग्नुपर्छ । संगसगैं आफ्ना बच्चाहरुको निगरानी गर्दै लागुपदार्थको दुव्र्यसनीबाट जोगाउने वातावरण निर्माण गर्नुपर्छ ।’
मन्त्री कुर्मीले भने–‘स्वयम अभिभावक नै कुलतमा लागेकाछन् । उनीहरु मद्यपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्छन् अनि आफ्ना बालबालिकालाई दुव्र्यसनीबाट टाढा रहने अर्ती दिन्छन् ।’ कुर्मीले अगाडी भने–‘यो राम्रो होइन । यस्तो व्यवहार र संस्कारले हाम्रा सन्तानले असल शिक्षा र ज्ञान पाउँदैनन ।’
लागुपदार्थको सुरुवात भनेकै चुरोट, सुर्ती, रक्सी र गुट्खाजन्य पदार्थबाट हुन्छ । यो नै दुव्र्यसनीको पहिलो खुड्किलो भएकाले यस्ता नकारात्मक व्यवहार अभिभावक स्वयमले त्यागेर आफ्ना बच्चाहरुलाई मार्गनिर्देश गरे मात्र दुव्र्यसनीमुक्त समाजको परिकल्पना साकार हुन्छ ।
‘पुस्तक मानिसको असल साथी हो । पुस्तकालयलाई विद्याको सागरको रूपमा लिइन्छ । जसलाई जति व्यवस्थित रूपमा प्रयोग गर्न सकियो, त्यति नै विद्या आर्जन गर्न मद्दत पुग्छ । यसले मानिसलाई असल मार्ग देखाउँने भएकाले पुस्तकालयको विकास, संरक्षण र सम्र्बद्धनमा सबै लाग्नुपर्छ ।’ उनले अगाडी थपे–‘बालबालिका, किशोर–किशोरी, युवा, वयस्क, वृद्ध–वृद्धा सबैले आफ्नो फुर्सदको समयको उचित सदुपयोग गर्ने स्थल र माध्यमका रूपमा पुस्तकालयलाई प्रयोग गर्न सक्दछन् । जसले नयाँ–नयाँ उपयोगी कुरा सिक्न र आफूले सिकेका कुरा अरूलाई सिकाउने र बाँड्ने वातावरण निर्माण गर्दछ ।’
मन्त्री कुर्मीले पुस्तकालयको अवधारणा विद्यालयकेन्द्रित मात्र नभएर एक पालिका एक पुस्तकालयको अवधारणा अनिवार्य विकास गराउनुतर्फ लाग्नुपर्ने बताए ।
कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले अभिभावककै कारण बालबालिकाहरुले असल शिक्षा र मार्गदर्शन नपाएको टिप्पणी गरे । उनले भने–‘जबसम्म अभिभावकहरु स्वयम मद्यपान र सुर्तीजन्य पदार्थको सेवन गर्न छाड्दैनन् तबसम्म लागुपदार्थमुक्त समाजको कल्पना गर्न सकिदैन ।’
‘लागुपदार्थ भन्ने वितिक्कै हामीले मद्यपान र सुर्तीजन्य पदार्थ बाहेक अन्य बस्तुलाई बुझ्ने गरेका छौं । यो गलत ब्याख्या भइरहेको छ ।’ मेयर आचार्यले भने –‘लागुपदार्थ भन्ने वित्तिकै चुरोट, सुर्ती, जाँडरक्सी, पानगुट्खालाई समेत बुझ्नुपर्छ । यसैको लतबाट लागुपदार्थको दुव्र्यसनीमा हाम्रा बालबालिका फस्दै गइरहेका छन् । यो ठूलो चुनौतीको विषय हो ।’
‘हाम्रा अभिभावकहरु नै कुनै न कुनै लतबाट ग्रसित छन् । उनीहरु त्यो लतबाट बाहिर निस्कन चाहादैनन् मात्र दोषहरु हाम्रा बालबालिका, किशोरकिशोरी र युवालाई लगाइरहेकाछन् ।’ उनले एक उदारहण दिदैँ अगाडी थपे–‘आफूलाई अभियन्ता भन्नेहरु नै मद्यपान सेवन गरेर स्कुटी मुनी लडेको अवस्थामा हाम्रा नगरप्रहरीले घरसम्म उद्दार गरेकाछन् । यस्ता ब्यक्तिहरु दुव्र्यसनी विरुद्ध चर्का नारा लगाउँछन् ।’
यस्ता दुव्र्यसनी कम गर्न पुस्तकालयले ठूलो योगदान दिने भएकाले सबैले फुर्सदको समयलाई पुस्तक पढ्ने बनाउन सक्नुपर्ने मेयर आचार्यले जोड दिए ।
नेपाल सामुदायिक पुस्तकालय महासंघ, लुम्बिनी प्रदेश समितिका अध्यक्ष चेतकान्त भट्टराईले निरन्तर शिक्षाका लागि पुस्तकालय अपिहार्य रहेको बताए ।
उनले पुस्तकालय दिवसलाई युवा पिँढी बीच लोकप्रिय बनाउन र पठन संस्कृतिको विकास गर्न आफूहरु लागि परेको बताए ।
‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने १७ औं राष्ट्रिय पुस्तकालय दिवसको पूर्वसन्ध्यामा नेपाल सामुदायिक पुस्तकालय महासंघ, लुम्बिनी प्रदेश समितिको आयोजना तथा ज्ञानोदय सामुदायिक पुस्तकालय, कोहलपुर, बाँसगढी सामुदायिक पुस्तकालय, बाँसगढी बर्दिया, त्रिभुवन सामुदायिक पुस्तकालय, कोहलपुर र महेन्द्र पुस्तकालय नेपालगन्जको सहआयोजनामा निकालिएको उक्त र्‍यालीले कोहलपुर नगर परिकर्मा गरेको थियो ।
ज्ञानोदय सामुदायिक पुस्तकालय, कोहलपुरका सचिव एकराज शर्माले सञ्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तब्य महेन्द्र पुस्तकालय नेपालगन्जका अध्यक्ष बलराम यादव तथा उत्प्रेरणा मन्तब्य सहारा सुधार केन्द्र नेपालगन्जका अभिकुमार क्षेत्रीले दिएका थिए ।
हाल नेपालमा शैक्षिक पुस्तकालय, राष्ट्रिय पुस्तकालय र विशेष पुस्तकालयका अतिरिक्त नौ सय २८ सार्वजनिक पुस्तकालय छन् ।
नेपालमा औपचारिकरूपमा विसं १८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गरी यो दिवस मनाउन थालिएको हो । तत्कालीन राजा गिर्वाणयुद्ध वीरविक्रम शाहले वसन्तपुर दरबारमा रहेका पुस्तक व्यवस्थापनका लागि सदनपत्र जारी गरी पुस्तकालयको स्थापना भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here