spot_img
Monday, September 16, 2024
Homeब्यानररिपोर्टिङमा खटिएका पत्रकार माथि प्रहरीको ज्यादती

रिपोर्टिङमा खटिएका पत्रकार माथि प्रहरीको ज्यादती

spot_img

समाचार संकलन क्रममा पत्रकार माथि प्रहरीले गरेको ज्यादतीको विषयमा चौतर्फी आलोचना भएको पाइएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य सहित सञ्चारकर्मीहरु माथि रिर्पोटिङमा खटिएको बेला प्रहरीबाट भएको हातपात र दुर्व्यहार प्रति विभिन्न संचार संस्था तथा संचारकर्मीहरुले खेद प्रकट गरेका छन । रुपन्देही तिलोत्तमा २ मा भएको महिलाको मृत्यूप्रकरणमा सम्बन्धित पक्षले बैशाख २ गते इलाका प्रहरी कार्यालय बुटवल अगाडि गरेको प्रदर्शनको रिर्पोटिङका क्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य दिनेश श्रेष्ठ, डिबि सुस्लिङ, सन्तकुमार श्रेष्ठ, बाँके शाखा सदस्य शरण कर्माचार्य सहित सञ्चारकर्मीहरु माथि हातपात, गालीगलौज र दुर्व्यहार भएको छ । प्रहरीका जिम्मेवार व्यक्तिबाट पफेटोरभिडियो खिच्न रोक लगाउँने, पत्रकार परिचय देखाउँदा पनि छातीमा समातेर ‘पत्रकार चिन्दिन’ भन्दै प्रहरीले गरेको हातपात र दुर्व्यवहार खेदजनक रहेको छ । महासंघ रुपन्देहीका सदस्यसँगै अन्य सञ्चारकर्मीहरु माथि प्रहरीले लाठी प्रहार गरी घाईते बनाएको, क्यामेरामा समेत क्षति पुगेको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिब बिक्रम खडकाले जनाएका छन । पहिचान सहित रिर्पोटिङमा रहेका पत्रकारहरु माथि गरिएको हातपात तथा दुर्व्यवहार स्वतन्त्र पत्रकारिताको भावना र मर्म विपरित छ ।स्वतन्त्रता पूर्वक रिर्पोटिङ गर्न पाउँने अधिकारलाई कुण्ठित गर्दै जिम्मेवार प्रहरी अधिकारीहरुबाट भएको निन्दनीय आक्रमणले स्वतन्त्र प्रेस माथि प्रहरी संगठनको नियतमा समेत शंका उब्जाएको छ । पत्रकारहरुमाथि हातपात गर्ने, गालीगलौज र दुर्व्यहार गर्ने प्रहरीलाई कारवाही गर्न महासंघ जोडदार माग समेत गरेको छ । यदि दोषी माथि कारवाही नगरे रुपन्देहीले महासंघ बचाएको छ । यता नेपाल पत्रकार महासंघ बाँकेले समेत विज्ञप्ती जारी गर्दै दोषीमाथि कडा कारबाहिको माग गरेको पत्रकार महासंघ बाँकेले जनाएको छ । यसैगरी नेपाल पत्रकार महासंघ अनुसार २०७८ साल पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको बताएको छ । । विक्रम संवत २०७८ साल पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रह्योको जानकारी गराउदै श्रम समस्यामा अघिल्लो वर्षभन्दा कमी आए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटनामा खासै कमी आउन सकेको महासंघको ठहर छ । नयाँ वर्षको राम्रो संग सुरुवात नहुदै स्वतन्त्रता पूर्वक रिर्पोटिङ गर्न पाउँने अधिकारलाई कुण्ठित गर्दै जिम्मेवार प्रहरी अधिकारीहरुबाट रुपन्देहीमा भएको निन्दनीय आक्रमणले स्वतन्त्र प्रेस माथि प्रहरी संगठनको नियतमा समेत शंका उब्जाएको महासंघले बताएको छ । नेपाल पत्रकार महासंघमा अभिलेखीकरण भएअनुसार २०७८ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका ७४ वटा घटना भएका छन् । पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने, प्रसारण तथा प्रकाशनमा अवरोध, दुव्र्यवहार तथा धम्की, आक्रमण, पेशागत असुरक्षा र नीतिगत बन्देजका घटना भएका छन् । श्रमजीवी पत्रकार ऐनले दिएका सेवा, सुविधा कार्यान्वयनको पक्ष भने अघिल्लो वर्षमा पनि चुनौतीपूर्ण रह्यो । २०७७ सालमा ५ सय १७ जना पत्रकारको श्रम समस्या रहेकामा २०७८ सालमा २ सय २१ वटा श्रम समस्या महासंघ अभिलेखीकरण भएका छन् । २०७७ मा समाधान हुन बाँकी श्रम समस्या र २०७८ का श्रम समस्यामध्ये झण्डै ३ सय जना पत्रकारका समस्या समाधान भएका छन् । महासंघको कानुनी सहायता डेस्कमार्फत श्रम समस्या र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्विरुद्ध ३३ वटा घटनाका बारेमा न्यायिक लडाइँ चलिरहेको छ ।त्यस्तै २०७८ सालमा संघ, प्रदेश र स्थानीय सरकारबाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानुनहरू बनाउने तथा संसद्मा दर्ता गर्ने काम भएका छन् । संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्ध रहेका विचाराधीन यी कानुनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाईसमेत चुनौती थपिदिएको छ । अघिल्लो सरकारले जस्तै वर्तमान सरकारले पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गैरकानुनी कामलाई निरन्तरता दिएको छ । नेपाल सरकारकै संलग्नतामा उजुरी गरेर युएईमा कार्यरत एक पत्रकारलाई अहिले पनि जेलमा राखिएको छ । नागरिकको अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई उपयोग गर्न नदिनेगरी सरकारले विभिन्न प्रकारका कानुन ल्याउने प्रयास गरिरहेको छ ।नयाँ वर्ष २०७९ चुनावी वर्ष रहेकाले नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्ता, पत्रकारको पेशागत सुरक्षा तथा भौतिक सुरक्षा, सेल्फसेन्सरसिपलगायतका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी गरेको बताइएको छ । ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here