spot_img
Tuesday, March 17, 2026
Homeब्यानरराप्रपा नेपालले गाई चिन्ह पाउँदा बाँकेमा खुशीयाली जुलुस

राप्रपा नेपालले गाई चिन्ह पाउँदा बाँकेमा खुशीयाली जुलुस

spot_img

राष्ट्रिय प्रजातन्त्र पार्टि नेपाललाई गाई चिन्ह दिन नमिल्ने निर्वाचन आयोगको निर्णय विरुद्धको रिटमा सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश जारी गरि कमल थापा नेतृत्वको राप्रपा नेपाललाई गाई चिन्ह पाउने बाटो खुलेको भन्दै बाँकेको नेपालगंजमा दिप प्रज्वलन सहित खुशीयाली जुलुस गरीएको छ । नेपालगंजको त्रिभुवन चोकमा दिप प्रज्वलन सहित आईतबार साँझ मिठाई समेत बाडिएको थियो ।“गाई चिन्ह हाम्रो हो,राप्रपा नेपाल जिन्दावाद,कमल थापा जिन्दावाद”जस्ता नारा लगाउँदै नेपालगंजको त्रिभुवन चोकमा पुगेको जुलुसले गाई चिन्ह अंकित व्यानर सहित केही बेर नाराबाजी समेत गरेको थियो । जुलुसलाई सम्बोधन गर्दे राप्रपा नेपालका जिल्ला अध्यक्ष दिपेन्द्र बहादुर सिंहले चार महिना अघि छुटिएको राष्ट्रिय प्राजातन्त्र पार्टि नेपाललाई पुर्नजाग्रित गर्ने क्रममा गाई चिन्हका लागि असारमा सर्वोच्च अदालतमा हालिएको रिट मा अन्तरिम आदेश गरेमाबाँके जिल्लाको तर्फबाट सर्वोच्चो अदालतलाई धन्यवाद समेत दिएका छन । अध्यक्ष सिंहले भने,“गाई चुनाव चिन्ह प्राप्त गर्दै गर्दा हामी सबै खुशी भएका छौ,यसमा सर्वोच्चो अदालतलाई धन्यवाद समेत दिन चहान्छौ ।” खुशीयाली जुलुसमा राष्ट्रिय प्रजातन्त्र पार्टि नेपालका केन्द्रिय सदस्य मो.खालिद एक्बाल ईराकी,महिला केन्द्रिय सदस्य आशा धिमाल,नगर अध्यक्ष अभय कुमार बस्नेत,मुस्लिम जिल्ला संगठनका प्रमुख अनिश शाह लगायतको उपस्थिति रहेको थियो ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here