spot_img
Friday, September 20, 2024
Homeराजनीतिराप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस बाँके प्रवक्ता गिरी बलिया उमेदवार

राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस बाँके प्रवक्ता गिरी बलिया उमेदवार

spot_img

बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस बाँके प्रवक्ता डिल्ली गिरी बलिया उमेदवारको रुपमा रहेको पाइएको छ ।रुकुम पहाडघर भई राप्ती सोनारी दुई शम्सेरगंज जन्म भएका गिरी २०४९ सालको जनआन्दोलनमा विद्यार्थी अवस्था देखि नै राजनितिक रुपमा अग्रसर हुदै विभिन्न कामको जिम्मेवारी र अनुभव रहेकाृे छ । लामो समय देखि राजनितिमा आवद्ध रहेको गिरी नेपाली कांग्रेसको कचनापुर गाउँ इकाईको सचिव,क्षेत्र नं.१ को क्षेत्रिय सचिव, नेपाल ट्रेड युनियन कांग्रेस बाँकेको सदस्य ,सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बाँकेको विभिन्न पदमा रहि काम गर्दे नेपाली कांग्रेस बाँकेको पार्टि प्रवक्ताको जिम्मेवारी निभाउदै आएका छन । यसैगरी विभिन्न सामुदायिक वनहरुको अध्यक्ष भै समुदायिक वनको अधिकारको लागि सक्रिय रुपमा रहदै आएका,सामुदायिक वन उपभोक्ता महासंघ नेपालको दुई पटक केन्द्रिय सदस्य रहेका एवं उद्योग बाणिज्य संघ राप्ती सोनारीको वरिष्ठ उपाध्यक्षको रुपमा रहि काम गर्दे आएका छन ।यसैगरी प्रवक्ता गिरी सहकारी अभियान्ता,स्थानिय शिव शक्ति उच्च माध्यामिक विद्यालयको अध्यक्ष भै काम गरेका अनुभव रहेको छ भने हाल राप्ती सोनारी–२ शम्सेरगञ्जमा रहेको दुर्गा भवानी माध्यामिक विद्यालयको अध्यक्षको रुपमा रहेर काम गर्दै आएका छन ।स्थानिय तहमा हुने विकास निर्माण,युवाहरुको अधिकारका लागि सक्रिय भुमिक एवं राप्ती सोनारी गाउँपालिकामा रहेका ७२ वटा सामुदायिक वनका उपभोक्ताहरुको माझमा राम्रो पहिचान,सम्बन्ध र उनीहरुको अधिकारका लागि लडिरहेको हुदाँ यसलाई अध्यक्षमा जित्ने बलियो आधारका रुपमा भएको गिरीको भनाई रहेको छ ।यसैगरी स्थानिय उद्योग व्यापारीहरुको माझमा राम्रो सम्बन्ध बनाएका गिरीले १८ वर्ष देखि २५ वर्ष सम्मका युवा मतदाताहरुको विद्यार्थी रहेका हुदाँ पनि त्यसलाई पनि पालिका मा अध्यक्ष जित्ने आधारका रुपमा लिएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here